News Portal

अब फेसबुकको मूख्य एपमा पनि डार्क मोड फिचर

हिमाली संचार संवाददाता
७११ पटक

एजेन्सी : पछिल्ला केही महिना यता हामीले विभिन्न एपहरुमा डार्क मोड फिचर थप गरिएको देखेका छौं। यो वर्षको एन्ड्रोइड क्यू तथा आइओएस १३ अपरेटिङ सिस्टममा यो फिचर सबैभन्दा चर्चाको फिचरको रुपमा रहेको छ ।

अब यो फिचरलाई अन्य विभिन्न एपहरुले पनि अबलम्बन गरी आफ्नो एप्लाई नयाँ लुक दिने प्रयास गरिरहेका छन्। यसमध्ये एउटा मुख्य एप फेसबुक हो । यो वर्षको सुरुवातमै फेसबुकले आफ्नो मेसेन्जर एपमा डार्क मोड फिचर ल्याएको थियो। अब फेसबुकले आफ्नो मूख्य एपमा पनि यो फिचर ल्याउँदैछ। यद्यपि यस बारेमा फेसबुक कम्पनीले आधिकारिक रुपमा केही बताएको छैन तर हालै शोधकर्ताले फेसबुकमा यस्तो कोड फेला पारेका छन् जसले डार्क मोड फिचरको संकेत दिएको छ ।

शोधकर्ता जेन मान्चुन वोंगले फेसबुकले मोबाइल एपमा यस्तो फिचर थप गर्न लागेको आफ्नो ब्लगमा उल्लेख गरेकी छिन्। उनले यस विषयमा ट्वीट समेत गर्दै यो फिचरको स्क्रिनशट पनि शेयर गरेकी छिन् । उक्त स्क्रिनशटमा फेसबुकको मूख्य एपमा डार्क मोड फिचर जस्तो देखिएको छ।

वांगले फेसबुक मोबाइल एपमा डार्क मोड फिचरको विषयलाई लिएर आफु पनि उत्साहित रहेको बताएकी छिन् । यो फिचर अहिले परीक्षणको सुरुवाती चरणमा रहेको बताइएको छ ।

डार्क मोड सपोर्टका लागि एपका केही भागमा परिवर्तनकोे काम चलिरहेको छ । जस्तै अँध्यारो पृष्ठभूमिमा गाढा अक्षरहरु देखाउने। उनका अनुसार अँध्यारो खैरो पृष्ठभूमिमा धेरैजसो अक्षरहरु सेतो रङमा देखिनेछन् । फेसबुकको मूख्य एपमा यो फिचर लागू हुनका लागि अझै केही समय लाग्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...