News Portal

अब फेसबुकको मूख्य एपमा पनि डार्क मोड फिचर

हिमाली संचार संवाददाता
७४१ पटक

एजेन्सी : पछिल्ला केही महिना यता हामीले विभिन्न एपहरुमा डार्क मोड फिचर थप गरिएको देखेका छौं। यो वर्षको एन्ड्रोइड क्यू तथा आइओएस १३ अपरेटिङ सिस्टममा यो फिचर सबैभन्दा चर्चाको फिचरको रुपमा रहेको छ ।

अब यो फिचरलाई अन्य विभिन्न एपहरुले पनि अबलम्बन गरी आफ्नो एप्लाई नयाँ लुक दिने प्रयास गरिरहेका छन्। यसमध्ये एउटा मुख्य एप फेसबुक हो । यो वर्षको सुरुवातमै फेसबुकले आफ्नो मेसेन्जर एपमा डार्क मोड फिचर ल्याएको थियो। अब फेसबुकले आफ्नो मूख्य एपमा पनि यो फिचर ल्याउँदैछ। यद्यपि यस बारेमा फेसबुक कम्पनीले आधिकारिक रुपमा केही बताएको छैन तर हालै शोधकर्ताले फेसबुकमा यस्तो कोड फेला पारेका छन् जसले डार्क मोड फिचरको संकेत दिएको छ ।

शोधकर्ता जेन मान्चुन वोंगले फेसबुकले मोबाइल एपमा यस्तो फिचर थप गर्न लागेको आफ्नो ब्लगमा उल्लेख गरेकी छिन्। उनले यस विषयमा ट्वीट समेत गर्दै यो फिचरको स्क्रिनशट पनि शेयर गरेकी छिन् । उक्त स्क्रिनशटमा फेसबुकको मूख्य एपमा डार्क मोड फिचर जस्तो देखिएको छ।

वांगले फेसबुक मोबाइल एपमा डार्क मोड फिचरको विषयलाई लिएर आफु पनि उत्साहित रहेको बताएकी छिन् । यो फिचर अहिले परीक्षणको सुरुवाती चरणमा रहेको बताइएको छ ।

डार्क मोड सपोर्टका लागि एपका केही भागमा परिवर्तनकोे काम चलिरहेको छ । जस्तै अँध्यारो पृष्ठभूमिमा गाढा अक्षरहरु देखाउने। उनका अनुसार अँध्यारो खैरो पृष्ठभूमिमा धेरैजसो अक्षरहरु सेतो रङमा देखिनेछन् । फेसबुकको मूख्य एपमा यो फिचर लागू हुनका लागि अझै केही समय लाग्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...