News Portal

  • आर्थिक अभावका कारण उच्च शिक्षाबाट बन्चित दिपेन्द्र ठाकुर 

    हिमाली संचार संवाददाता
    ६४० पटक

    रबिन्द्र बराल/मोरङ, २९ साउन : माेरङकाे सुनवर्सिनगरपाली ५ स्थित टकुवामा बसाेवास गर्दे आएका दिपेन्द्र ठाकुरकाे घरको आर्थिक अभावका कारण उनकाे डिग्रीसम्मकाे पढाई पढने चहाना भएता पनि त्याे भने पूरा हुन सकेन । बुबा शिव नारायण ठाकुर र आमा दुखनी ठाकुरकाे बाटा २०५४ सालमा जन्मेका एक मात्रै छाेरा हुन सानैदेखि पढाइमा मेहनत र लगनशील भएर उनले SLC परिक्षामा फस्ट डिभिजनबाट उतिर्ण भए तर घरकाे आर्थिक अभावले गर्दा दुख गरेर उनलेे BSC सम्मकाे पढाइ अगाडि बढन सफल भए।

    अब उनको चहाना भनेको डिग्रीसम्मकाे पढाइ गरेर आफ्नै खुट्टामा उभिएर देश र जन्ताका लागि केही गर्ने चाहाना भएता पनि त्याे भने पूरा हुुुन नसक्ने भन्दै चिन्तित भएका छन। उनले भने घरकाे एक मात्र छाेरा भएकाे हुनाले बुबाआमालाई पालनपोषण गर्नुकी आफ्नो पढाइ लाई अगाडि बडाउनु भन्दै बिलाैना गरिरहेका छन। १५ घुर जग्गामा सानाे घर भएता पनि घरमा लगाईएकाे बाँसबाट बनेको टाटि समेत भत्किएर दुलाे परेको छ ।

    बुबा पनि सुष्त मनस्थितिकाे हुनुहुन्छ केही पनि काम गर्ने सक्नु हुन्न मुखमा बाेली समेत आउदैन आमा समेत शारीरिक अशक्त हुनुहुन्छ गाउँघरमा हलुका र सानाे तिनाे काम गरेर मलाई यहाँसम्म ल्याउनु भयाे। अब बुबाआमा समेत केही काम पनि गर्ने सक्नुहुन्न म अब घरकाे एक मात्रै छाेरा भएको हुनाले बुबाआमाकाे पालनपोषण गर्नु कि आफ्नो पढाइलाई अगाडि बडाउनु भन्दै बिलाैना गरिरहेका छन। घरमा सुत्नका लागि एउटा खाट मात्र छ। आफू जहिले पनि भुईमै सुतेर रात बिताउने गरेको उनलेे बताए ।

    अहिले घरकाे एक मात्र छाेरा भएको हुनाले आमाले पढाइ छाडेर काम गरेर पैसा कमाउन भन्नू हुन्छ । तर आफुलाई भने डिग्रीसम्मकाे पढाइ गर्ने चहाना रहेको उनको भनाइ रहेको छ । घरमा तीन जनाकाे परिवार छाै घरमा सुत्नका लागि एउटा मात्र खाट छ सधै आफू भुईमै सुत्ने गरेको र राति भए पछि सर्पकाे समेत भय हुने गरेको उनलेे बताए ।

    दिपेन्द्रले भने सानैदेखि काकाहरुले सहयोग गरेर आफ्नो पढाइ लाई अगाडि बडाएकाे र दुई बर्ष देखि काकाकाे समेत घरकाे अवस्था कमजोर भएपछि अाफुलाई अझै समस्या परेको गुनासाे पाेखे। अहिले उनी महेन्द्र माेरङ कलेजमा BSC मा अध्यन गर्देछन । उनलेे बार्षिक रुपमा २० हजार देखि २५ हजार रुपैयाँ सम्मकाे कलेजलाई पढाइ खर्च बुझाउनुपर्ने हुन्छ । पढाइको लागि उनले बिराटनगर मा रहेको केही साना निजि बाेडिङमा अध्यापन गराएता पनि उनलाई मासिक २ हजार देखि ३ हजार रुपैयाँ सम्म रकम दिने गरेकाे तर घर भाडा लिएर बस्नुपर्ने बाध्यता रहेको छ भने खाना खर्च समेत बढि लाग्ने गरेको हुनाले आफुलाई थप समस्या परेको बताए ।

    निजि विद्यालयमा पढाउदा विद्यालयमा समेत फुल समय दिनुपर्ने भनेे पछि आफ्नो पढाइ बिग्रिने डरले अध्यापन समेत गराउन छाडेको उनलेे बताए । नेपाल सरकार तथा नगरपालिका र गाउँपालिकाहरुले गरिव, असाय, दलित, अतिविपन्न परिवारका बालबालिका हरुका लागि पठनपाठन गर्ने तथा सरकारी जागिरमा आरक्षणकाे ब्यवस्थापन गर्ने भनेर कागजमा घाेषणा गरेता पनि त्याे भने ब्यवहारमा भने लागू हुन सकेको छैन। पहुँच भएका र टाठाबाठाहरुका लागि मात्रै आरक्षणकाे ब्यवस्थापन भएको उनलेे बताए। यस बिषयमा सम्धित निकायहरुले ध्यान दिन जरुरी रहेको देखिन्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...