News Portal

अम्रा-ठिग्नी जोड्ने झुलङ्गेपुल जिर्ण बनेपछि स्थानीय चिन्तित

हिमाली संचार संवाददाता
६७९ पटक

दुर्गा वि.सी.
सुर्खेतको सिम्ता गाउँपालिकाको ठिग्नी र सल्यानको कुपिन्डे नगरपालिकाको अम्रा जोड्ने भेरी नदिमा रहेको झुलङ्गे पुल ५ वर्षमै जिर्ण वन्न थालेको छ। सिम्ताको ठिग्नी गाउँमा जोड्ने उक्त पुलमा गतवर्षको भेरी नदिमा आएको वाढिले वगाएको फेरी पुलमा अल्झिदा पुलका केहि लहरा चुडेका छन् ।

लहरा चुडेपछि पुलको भाग तल लत्रिएको छ । २ वटा सपोर्टिङ्ग लहरा छुट्टिएका छन् भने अन्य लहरा भने खुकुल्लो भएकोले पुल तल २ मिटर तल झरेको छ । भेरी नदिमा पानीको वहाव वढेपछि पानीको सतहले पुललाई छोएको हुन्छ। भेरीमा वाढि उर्लिएपछि स्थानीय पुल वारपार गर्न डराउँछन् ।

निलीगिरी सेवा प्रालिले वानेश्वर काठमाण्डौंले करिव १ करोड हारारीको वजेटमा काम सम्पन्न भएको जनाएको छ। २ सय ८० मिटर लाम्वाईको झुलङ्गेपुल चाँडै जिर्ण भएपछि स्थानीय चिन्तीत वनेका छन्।

पुललाई पुनः मर्मतको लागि सम्वन्धीत निकायसँग माग समेत गरिएको छ। उक्त पुल सल्यानको वनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको सिम्ता गाउँपालिकाको ठिग्नी जोड्ने पुल हो।

प्रतिकृया दिनुहोस्

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...