गाउँ छोरी शहरमा बस्नेलाई सलाम छ
जबर्जस्ती दिलभित्र पस्नेलाई सलाम छ
उनकै यादमा म पागल बनी तड्पीरहे
अाँखाबाट अाँशु बनी खस्नेलाई सलाम छ
रैछ स्वार्थी उ फेरि पनि मैले सम्झे कै हो
बिषालु जन्तु जस्तै भै डस्नेलाई सलाम छ
मलाई थाप्ने जाल दह्रो बुनेको रैछ बिचार
अाफै बनाई जालभित्र फस्नेलाई सलाम छ
पहिला त दह्रो मायाको डोरी बाटियो हेर
अाफैतिर एकोहोरो तानि कस्नेलाई सलाम छ।।
– पुष्पा वली ‘भावुक’
नेपालगन्ज, बाँके
हाल : कुवेत