News Portal

गजल

हिमाली संचार संवाददाता
७६६ पटक

पाउने छन गरिबले सुन फलाउने अवसर
जब दिइनेछ मलाइ देश चलाउने अवसर

काटिदेउ हागाबिगा जिन्दगीलाइ घाम छल्ने
पाउनेछ त्यहाँ मुनाले नयाँ पलाउने अवसर

गणतन्त्रको भोजमा कुर्सी राखिएन उसलाई
त्यसैले खोज्दैछ उ सरकार ढलाउने अवसर

आमा परदेशिने छोराको बाटो नरोक्नु ममताले
उसले पाउने छ जिन्दगी तह लाउने अवसर

ए दुश्मनहरु कति खोज्छौ राको बोकेर मौका
आफ्नोले मात्र पाउनेछ यहाँ जलाउने अवसर।।

कुमारी चेम्जोङ्ग
हल्दिबारी, झापा

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...