News Portal

त्रिशुलीबाट बस निकालियो, पाँच जनाको शव भेटियो, दुई दर्जन अझै बेपत्ता

हिमाली संचार संवाददाता
५७८ पटक

काठमाडौँ – सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृतक पाँच जनाको शव भेटिएको छ । दुर्घटनामा घाइते भएका १६ जनालाई उद्धार गरेर अस्पताल लगिएको छ । बसमा सवार मध्ये २४ जना अझै बेपत्ता रहेका प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको छ । नदीमा खसेको बसलाई क्रेनमार्फत बाहिर निकालिएको छ ।

सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ७४६९ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान ३ बजे त्रिशूली नदीमा खसेको हो । बसमा मलंगवाबाट ४०, सर्लाहीको हरिपुर नगरपालिकाबाट २ यात्रु चढेको र बसका ३ कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बसमा सवार हुनेमा विष्णु गाउँपालिकाका खुश रञ्जन, कौडेना गाउँपालिका शिवनगरका मोहम्म मतलुङ, लक्ष्मीपुरका मनिष रायसहित २ जना, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, औरहीका रवि कुमारसहित ३ जना, भारत मुज्जफरपुरका आशिष कुमारसहित २ जना, मलंगवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, भारतका अररियाका दिलीप दाससहित ३ जना, ब्रह्मपुुरी गाउँपालिका त्रिभुवनगरका राजनारायण रौनियारसहित ४ जना, मलंगवाका सञ्जीव चौधरी, अरिवन्द सिंह (वकिल), अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल, मलंगवा गणेशियाका भाग्यनारायण महतोसहित ३ जना, भारतका लरकवाका रामबाबु यादवसहित ३ जना, भारतका कुवारीका अजय ठाकुरसहित २ जना र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी, अमित लामा रहेका छन् ।

बस कर्मचारीमा चालक लक्ष्मण जमरकट्टेल, सहचालक प्रमोद चौधरी, कन्डक्टर ऋषि उप्रेती बसमा सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उद्धार गरिएका १६ जनाको पहिचान भएको छ ।

पहिचान हुनेमा भुपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन् । मलंगवा–९ स्थित रहेको सृष्टी बस काउन्टरमा अहिले बसमा सवार यात्रीको आफन्तको भीड लागेको छ ।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...