News Portal

ईलाका प्रहरी कार्यालय सल्लीबजारको भवन जिल्ला प्रहरी प्रमुख शाहीद्वारा शिलान्यास

हिमाली संचार संवाददाता
७२९ पटक

इन्द्र बुढाथोकी
सल्यान, २४ साउन : सल्याको बनगाड कुपिण्डे नगरपालिकाको इलाका प्रहरी कार्यालय देवस्थल सल्लीबजारको भवन बिहीबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । शिलान्यास जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक विरेन्द्र बहादुर शाहिले गर्नु भएको छ।

शिलान्यास कार्यक्रम बोल्दै उपरीक्षक शाहिले अब समयमा नै भवन सम्पन्न भएमा यसको स्तर वृद्धिमा थप बल पुग्ने र त्यसको लागि आफुले पहल गरि रहेको र सम्बन्धित बिभागमा प्रक्रिया अगाडि बढाएको समेत बताउनु भएको छ।

उक्त क्षेत्रमा ‘ख’ वर्गको प्रहरी चौकी हुदा त्यहाका जनतालाइ विभिन्न प्रकृतिका घटना हुदा समस्या हुने गरेको छ । जिल्ला प्रहरीलाई खबर गर्नुपर्ने अवस्था छ। अढाई तलाको १६ कोठे भवनको लागि कर्णाली प्रदेश सरकारको तर्फबाट २ करोड ३० लाख ७७ हजार ५ सय पैतीस रुपैयाको वजेट विनीयोजन गरिएको थियो ।

सोहि रकममा देवसिह निर्माण सेवा प्राली कैलाली निर्माण कम्पनीका कृष्ण वहादुर स्वाँर र जिल्ला प्रहरी कार्यालय सल्यान विच मिती २०७६ जेष्ठ २४ गतेका दिन सम्झौता भइ २०७७ जेष्ठ २३ गतेका दिन काम सम्पन्न गर्ने भनेर सम्झौता भएको छ । निर्धारित समयमै काम सुरुवात भएको छ ।

इलाका प्रहरी कार्यालय सल्लीवजारको कार्यालय, व्यारेक, भवन मेस, शौचालय तथा स्नान गृह समेत निर्माण हुने भएको छ। भवन निर्माणको कामको जिम्मा लगेका देवसिह निर्माण कम्पनी प्रालिका प्रोप्राइटर कृष्ण बहादुर स्वारका अनुसार समयमा काम सक्ने लक्ष्यका साथ कम्पनीले कामलाई तीव्रता दिएको जनाउनु भएको छ ।

१ वर्ष भित्रै काम सम्पन्न गर्ने निमार्ण कम्पनीको दावि छ । विगत लामो समय देखि इप्रका असुरक्षित अवस्थामा कार्यालय सञ्चालन हुँदै आएको थियो।अहिलेसम्म भवन नहुदाँ जिर्ण घरमा भाडा तीरेर प्रहरीले सल्यान पश्चिमका नागरिको जनधनको सुरक्षा गर्दे आएको छ ।

आफु असुरक्षित आवस्थामा भए पनि प्रहरीले नागरिकको सुरक्षा प्रति वफादार भएको इलाका प्रहरी कार्यालय सल्लीवजारका ईन्चार्ज शुसिल रावलले जानकारि दिनु भएको छ। समयमा काम सम्पन्न भएमा अर्को वर्ष आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्ने जनाएको छ।

प्रतिकृया दिनुहोस्

राजनीति जब निर्ममतामा उत्रीन्छ

– कमला थापा २०८३ वैशाख २ गते। पुराना राजनैतिक दलहरु फाल्गुन २१ को निर्वाचन पछि...

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...