News Portal

सिम्ता गाउँपालिकाले प्रधानमन्त्री रोजगारदातालाई महिना दिन काम गरेको ज्याला दिएन

हिमाली संचार संवाददाता
८०३ पटक

इन्द्र बुढाथोकी
सल्यान २२ साउन : सुर्खेत सिम्ता गाउँपालिकामा प्रधानमन्त्री रोजगारमा काम गरेका लेवरले एक महिना सम्म काम गरेको ज्याला नपाएको भन्दै गुनासो गरेका छन। गत आर्थिक वर्ष २०७५/२०७६ असार भित्रै योजना सम्पन्न गरि ज्याला पाउनु पर्नेमा सिम्ता गाउँपालिका ९ वडाका १७ योजनामा काम गर्ने २०३ जना ज्यामिले काम गरेको पैसा पाएका छैनन् ।

आफुहरु बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म काम गरे पनि पैसा नपाएको जुम्लेखाली पोखरी निर्माणका संयोजक मोहन चन्दले जानकारी दिएका छन। उहाले भन्नु भयो म लगाएत सिम्ता गाउपालिका भित्रका ९ वडाका २०३ जना हामी काम गरि खाने ज्यामिले १ महिना बित्नै लाग्दा पनि असारमा पाउने पैसा अहिले सम्म पनि नपाएको भन्दै दुख व्यक्त गरे।

स्थानीय सरकारले नै हामी काम गरि खाने वर्गलाई ठगे पछि अन्यले पनि हामीहरुलाइ यसरी नै श्रम शोषण गरेर ठग्नमा झन बल पुग्ने अर्का ज्यामी दिल बहादुर वलिले बताएका छन। हामीलाई नै ठग्ने गरेको भन्दै वलिले दुख व्यक्त गरेका छन ।

यता सिम्ता गाउँपालिका प्रधानमन्त्री रोजगार संयोजक हरि बहादुर बुढाले काम गर्ने लेबरले पैसा नपाएको स्विकार्दै आफुहरुले गाउपालिका भित्र १७ वडा योजनाको कुनै पनि भुक्तानी नभएको बताएका छन ।

गाउँपालिकाको खातामा आएको सबै पैसा अन्यत्र खर्च भएको र केन्द्र सरकारबाट आउने राजस्व बाडफाडको १ करोड ५० लाख गाउँपालिकामा आउन बाकि रहेकोले काम गरेको ज्यामिको भुक्तानी पैसा पाउन बाकी रहेको जानकारी दिएका छन। आफ्नो गाउँपालिका २५ लाख पैसा आएको तर प्राविधिक स्टमेट अनुसार १५ लाख मात्रै खर्च भएको बताएका छन ।

केन्द्र सरकारले गाउँपालिकाको खातामा बजेट पठाएको र सबै अधिकार गाउँपालिकालाई भएका कारण आफ्नो क्षेत्रको पैसा पनि आफुले गाउँपालिकाले अन्य योजनामा दिएकाले अहिले समस्या आएको रोजगार संयोजक बुढाले जानकारी दिएका छन।

उता सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले पनि आफुहरुले काम गराएर पैसा नदिएको सत्य भएको भन्दै स्विकार्दै उनले भने हामीलाई केन्द्र सरकारलेनै ठगेका कारण हामीलाई समस्या भएको बताएका छन ।

गाउँपालिकालाइ केन्द्र सरकारले दिने १ करोड ५० लाख राजस्व बाडफाडको बजेट दिन बाकी रहेकोले यस्तो समस्या आएको अध्यक्ष केसिले बताएका छन।

गाउँपालिकामा प्रधानमन्त्री रोजगार १७ वटा योजना सहित गाउँपालिकाका अन्य योजना गरि गाउँपालिका बाट १ करोड ५० लाख भुक्तानी गर्न बाकी रहेको अध्यक्ष केसिले बताएका छन।

केन्द्र सरकारले २५ गते भित्र राजस्व बाडफाडको पैसा गाउँपालिकाको खातामा पठाउन साथ आफुहरुले तत्काल काम गरेका ज्यामी लगाएत अन्य योजनाको बजेट भुक्तानी गरिदिने गाउँपालिका अध्यक्ष केसिले बताए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...