News Portal

पेट्रोल/डिजेल/मट्टितेलको मुल्य बढ्यो, ग्यासको घट्यो

हिमाली संचार संवाददाता
६४७ पटक

काठमाडौँ, २२ साउन : नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ भने पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल/मट्टितेलमा ५० पैसा बढाएको छ ।

निगमकाअनुसार भारतीय आयल निगमको नयाँ मूल्यसूची समायोजन गर्दा ग्यासको घटेको र पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको हो ।

नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ९, डिजेल र मट्टितेल प्रतिलिटर ९७/९७ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ७५ रुपैयाँ कायम भएको छ। उक्त मूल्य मंगलबार राति १२ बजेदेखि लागू भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...