News Portal

नक्कली एपहरुविरुद्ध गुगलको कडा कदम

हिमाली संचार संवाददाता
८६३ पटक

एजेन्सी : गुगल प्लेस्टोरमा रहेका नक्कली तथा खतरनाक एपहरुविरुद्ध गुगलले लगातार कदम चालिरहेको छ। तथापि यस्ता एपहरु प्ले स्टोरबाट पूर्णरुपमा हटाउने मामिलामा गुगल सफल भैसकेको छैन। हरेक महिना एउटा न एउटा यस्तो खाले रिपोर्ट सार्वजनिक हुन्छ कि त्यसबाट थाहा हुन्छ फर्जी तथा हानी पूराउने खालका यी एपहरुको संख्या कति बढ्दैछ ।

eSET का मालवेयर अनुसन्धानकर्ता लुकास स्टेफेन्कोकाअुनसार जुलाई महिनामा मात्रै गुगल प्ले स्टोरमा २ सय ५ वटा हानिकारक एपहरु पत्ता लागेका छन्। त्यस्ता खतरनाक एपहरु एक महिनाको अवधिमै ३ करोड २० लाख पटक डाउनलोड भएका छन्। त्यस्तै नेक्स्ट वेबको रिपोर्टअनुसार ती मध्ये धेरैजसो एपहरु छदम विज्ञापनले भरिएका छन्। त्यसमा १ सय ८८ वटा हानिकारक एपहरु १ करोड ९२ पटक डाउनलोड भएका छन् ।

ती बाहेकका एपहरुमा फर्जी एन्टीभाइरस टुल्स, ठगी विज्ञापन तथा सब्सक्रिप्सन स्क्यामवाला एपहरु समेत रहेका छन्। यद्यपि यी एपहरु सबै अहिले प्ले स्टोरमा उपलब्ध भने छैनन्, किनकी गुगलले धेरैलाई हटाइसकेको छ। यस्ता फर्जी तथा हानिकारक एपलाई निर्मूल पार्नका लागि गुगलले सक्रिय रुपमा प्ले प्रोटेक्ट नामको टूलको प्रवर्धन गरिरहेको छ। एन्ड्रोइड फोनमा कुनै पनि एपलाई इन्स्टल गर्नुअघि परीक्षण गर्नका लागि गुगल प्ले प्रोटेक्ट टूलको डिजाइन गरिएको हो।

यो टूलले सबैभन्दा पहिले स्मार्टफोनलाई स्क्यान गर्दछ र हानिकारक एपका विषयमा प्रयोगकर्तालाई सचेत बनाउँदछ। यदि भुलवस त्यस्ता हानिकारक एप इन्स्टल गरिएमा त्यसलाई अनइन्स्टल गर्नका लागि नोटिफिकेसन पनि पठाउँदछ। गुगल प्ले प्रोटेक्टले फोनमा नचलाइएका एपहरुलाई निस्कृय पनि पारिदिन्छ। साथै कहिलेकाहीँ कतिपय हानिकारक एपहरुलाई आफै हटाइदिन्छ र त्यसको नोटिफिकेसन उपलब्ध गराउँदछ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...