News Portal

नक्कली एपहरुविरुद्ध गुगलको कडा कदम

हिमाली संचार संवाददाता
८९३ पटक

एजेन्सी : गुगल प्लेस्टोरमा रहेका नक्कली तथा खतरनाक एपहरुविरुद्ध गुगलले लगातार कदम चालिरहेको छ। तथापि यस्ता एपहरु प्ले स्टोरबाट पूर्णरुपमा हटाउने मामिलामा गुगल सफल भैसकेको छैन। हरेक महिना एउटा न एउटा यस्तो खाले रिपोर्ट सार्वजनिक हुन्छ कि त्यसबाट थाहा हुन्छ फर्जी तथा हानी पूराउने खालका यी एपहरुको संख्या कति बढ्दैछ ।

eSET का मालवेयर अनुसन्धानकर्ता लुकास स्टेफेन्कोकाअुनसार जुलाई महिनामा मात्रै गुगल प्ले स्टोरमा २ सय ५ वटा हानिकारक एपहरु पत्ता लागेका छन्। त्यस्ता खतरनाक एपहरु एक महिनाको अवधिमै ३ करोड २० लाख पटक डाउनलोड भएका छन्। त्यस्तै नेक्स्ट वेबको रिपोर्टअनुसार ती मध्ये धेरैजसो एपहरु छदम विज्ञापनले भरिएका छन्। त्यसमा १ सय ८८ वटा हानिकारक एपहरु १ करोड ९२ पटक डाउनलोड भएका छन् ।

ती बाहेकका एपहरुमा फर्जी एन्टीभाइरस टुल्स, ठगी विज्ञापन तथा सब्सक्रिप्सन स्क्यामवाला एपहरु समेत रहेका छन्। यद्यपि यी एपहरु सबै अहिले प्ले स्टोरमा उपलब्ध भने छैनन्, किनकी गुगलले धेरैलाई हटाइसकेको छ। यस्ता फर्जी तथा हानिकारक एपलाई निर्मूल पार्नका लागि गुगलले सक्रिय रुपमा प्ले प्रोटेक्ट नामको टूलको प्रवर्धन गरिरहेको छ। एन्ड्रोइड फोनमा कुनै पनि एपलाई इन्स्टल गर्नुअघि परीक्षण गर्नका लागि गुगल प्ले प्रोटेक्ट टूलको डिजाइन गरिएको हो।

यो टूलले सबैभन्दा पहिले स्मार्टफोनलाई स्क्यान गर्दछ र हानिकारक एपका विषयमा प्रयोगकर्तालाई सचेत बनाउँदछ। यदि भुलवस त्यस्ता हानिकारक एप इन्स्टल गरिएमा त्यसलाई अनइन्स्टल गर्नका लागि नोटिफिकेसन पनि पठाउँदछ। गुगल प्ले प्रोटेक्टले फोनमा नचलाइएका एपहरुलाई निस्कृय पनि पारिदिन्छ। साथै कहिलेकाहीँ कतिपय हानिकारक एपहरुलाई आफै हटाइदिन्छ र त्यसको नोटिफिकेसन उपलब्ध गराउँदछ।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...