News Portal

  • पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेकाे खुलासा

    हिमाली संचार संवाददाता
    ४५२ पटक

    काठमाडौं – चितवनको नारायणगढस्थित कंगारू होटलमा झुण्डिएर आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले रवि लामिछाने र उनको समूहको कारण आत्महत्याको शिकार भएको खुलासा भएको छ । पत्रकार पुडासैनीले अडियो सन्देश छाडेर आत्महत्या गरेको प्रहरीले पत्ता लागाएको छ । अनुसन्धानका क्रममा पत्रकार पुडासैनीको मोबाइलको मेमेरोमा उनले आत्महत्या रोज्नुको कारणबारे बताएको अडियो भेटिएको घटनास्थलबाट माउन्टेन टेलिभिजनका पत्रकार रामेश्वर सापकोटाले जानकारी दिए ।

    यस्तो छ पुडासैनीको आत्महत्याको सन्देश

    मलाइ रवि लामिछाने र दीपक दाजुले पछिल्लो पटक धेरै नै ट्रचर दिनुभयो । उहाँहरूले करोडौँ रूपैयाँ कमाउने तर मलाइ कममात्र पैसा दिने । पछि मलाइ अष्ट्रेलिया डिपेन्डेन्ट भिषामा पठाइदिने भनेर एक जना केटीको पछि लगाए । तर त्यहीक्रममा मैले न्यूज २४ टेलिभिजन छाडे पनि । र पछिसम्म मलाइ उहाँहरूले त्यही केटीलाइ बलात्कार गरेको भनेर फसाउने रणनीति बनाउनु भयो । त्यसकारण म अब संसारमा यस्तैगरी बाँचिरहन चाहन्न । (पत्रकार रामेश्वर सापकोटाले शालिकरामको मोबाइलबाट सुनेको अडियोको आधारमा उतारिएको)

    यस्तै मृतक पत्रकार शालिकराम पुडासैनीका आफन्त समेत रहेका नेपाली कांग्रेस नुवाकोटका नेता लेखनाथ मुडभरीले पनि दैनिकीसँग कुरा गर्दै रवि लामिछाने र सिधाकुरा जनतासँग टिमको तनावका कारण आफूले आत्महत्या गरेको भिडियो नै मोबाइलमा भेटिएको उनले बताए । पुडासैनीले उक्त भिडियो सन्देशसँगै आफूले संसार छाड्न चाहेको बताएका छन ।

    नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका शालिकराम पुडासैनी चितवनको कंगारू होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए । पत्रकार पुडासैनी सोमबार राति नै झुण्डिएको अवस्थामा फेला परेका हुन । प्रहरीले उनको साथमा रहेको परिचयपत्रका आधारमा उनको आफन्तलाइ राति नै खबर गरेपछि उनीहरू चितवन गएका थिए । उनी नाइलनको डोरी पंखामा पासो लगाएर झुण्डिएका थिए ।

    लामो समय रवि लामिछानेसँग सिधाकुरा जनतासँग कार्यक्रममा काम गरेका पुडासैनी केहीसाता अघिमात्र माउण्टेन टेलिभिजनमा गएका थिए । उनी टेलिभिजनको उच्च  व्यवस्थापनसँग सीधा सम्पर्क गरी मिसन न्युजमा काम गर्न पुगेका थिए । उक्त कार्यक्रमको सम्पूर्ण जिम्मेवारी उनैले लिएका थिए । चितवन पनि उनी रिपोर्टिङकै लागि पुगेका थिए ।

    दैनिकी खबर डटकमबाट 

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...