News Portal

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेकाे खुलासा

हिमाली संचार संवाददाता
५०६ पटक

काठमाडौं – चितवनको नारायणगढस्थित कंगारू होटलमा झुण्डिएर आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले रवि लामिछाने र उनको समूहको कारण आत्महत्याको शिकार भएको खुलासा भएको छ । पत्रकार पुडासैनीले अडियो सन्देश छाडेर आत्महत्या गरेको प्रहरीले पत्ता लागाएको छ । अनुसन्धानका क्रममा पत्रकार पुडासैनीको मोबाइलको मेमेरोमा उनले आत्महत्या रोज्नुको कारणबारे बताएको अडियो भेटिएको घटनास्थलबाट माउन्टेन टेलिभिजनका पत्रकार रामेश्वर सापकोटाले जानकारी दिए ।

यस्तो छ पुडासैनीको आत्महत्याको सन्देश

मलाइ रवि लामिछाने र दीपक दाजुले पछिल्लो पटक धेरै नै ट्रचर दिनुभयो । उहाँहरूले करोडौँ रूपैयाँ कमाउने तर मलाइ कममात्र पैसा दिने । पछि मलाइ अष्ट्रेलिया डिपेन्डेन्ट भिषामा पठाइदिने भनेर एक जना केटीको पछि लगाए । तर त्यहीक्रममा मैले न्यूज २४ टेलिभिजन छाडे पनि । र पछिसम्म मलाइ उहाँहरूले त्यही केटीलाइ बलात्कार गरेको भनेर फसाउने रणनीति बनाउनु भयो । त्यसकारण म अब संसारमा यस्तैगरी बाँचिरहन चाहन्न । (पत्रकार रामेश्वर सापकोटाले शालिकरामको मोबाइलबाट सुनेको अडियोको आधारमा उतारिएको)

यस्तै मृतक पत्रकार शालिकराम पुडासैनीका आफन्त समेत रहेका नेपाली कांग्रेस नुवाकोटका नेता लेखनाथ मुडभरीले पनि दैनिकीसँग कुरा गर्दै रवि लामिछाने र सिधाकुरा जनतासँग टिमको तनावका कारण आफूले आत्महत्या गरेको भिडियो नै मोबाइलमा भेटिएको उनले बताए । पुडासैनीले उक्त भिडियो सन्देशसँगै आफूले संसार छाड्न चाहेको बताएका छन ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका शालिकराम पुडासैनी चितवनको कंगारू होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए । पत्रकार पुडासैनी सोमबार राति नै झुण्डिएको अवस्थामा फेला परेका हुन । प्रहरीले उनको साथमा रहेको परिचयपत्रका आधारमा उनको आफन्तलाइ राति नै खबर गरेपछि उनीहरू चितवन गएका थिए । उनी नाइलनको डोरी पंखामा पासो लगाएर झुण्डिएका थिए ।

लामो समय रवि लामिछानेसँग सिधाकुरा जनतासँग कार्यक्रममा काम गरेका पुडासैनी केहीसाता अघिमात्र माउण्टेन टेलिभिजनमा गएका थिए । उनी टेलिभिजनको उच्च  व्यवस्थापनसँग सीधा सम्पर्क गरी मिसन न्युजमा काम गर्न पुगेका थिए । उक्त कार्यक्रमको सम्पूर्ण जिम्मेवारी उनैले लिएका थिए । चितवन पनि उनी रिपोर्टिङकै लागि पुगेका थिए ।

दैनिकी खबर डटकमबाट 

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...