News Portal

रेडियो भेरी सुर्खेतद्वारा पत्रकार शर्मा बचाउ अभियानमा आर्थिक सहयोग

हिमाली संचार संवाददाता
७५४ पटक

सुर्खेत, २० साउन : बोनम्यारो प्रत्यारोपणका क्रममा रहनु भएका पत्रकार डिलप्रकाश शर्माको उपचारमा सहयोगार्थ रेडियो भेरीले ४५ हजार १ सय १ रुपैयाँ प्रदान गरेको छ। रेडियो भेरी र रेडियोमा कार्यरत पत्रकार तथा कर्मचारीको सहयोगमा डिलप्रकाश शर्मा बचाउ अभियानका नाममा रहेको सेन्चुरी बैकंको खातामा रकम जम्मा गरिएको हो।

नेपाल पत्रकार महासंघ सुर्खेतका साधारण सदस्य तथा साझा बिसौनी दैनिकमा कार्यरत शर्माको अहिले काठमान्डौमा उपचार चलिरहेको छ। झन्डै २ महिनादेखि बोनम्यारोबाट पिडित हुनुभएका शर्माको उपचारकोलागि अहिले विभिन्न संघसस्था तथा व्यक्तिहरुले सहयोग गर्दै आएका छन।

रेडियो भेरी एफएमका स्टेशन म्यानेजर नारायकुमार कोर्इरालाले बोनम्यारो पिडित पत्रकारलार्इ थोरै भएपनि आर्थिक सहयोग गरिएको भन्दै सुर्खेतमा रहेर पत्रकारीता गर्दै आउनुभएका शर्माको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।

हालसम्म डिलप्रकाश शर्मा बचाउ अभियानका नाममा रहेको सेन्चुरी बैकंको खातामा १ लाख ८४ हजार ५१ रुपैया जम्मा भएको छ। शर्मालार्इ सहयोग गर्न चाहाने सेन्चुरी बैकंमा रहेको डिलप्रकाश शर्मा बचाउ अभियानका नाममा रहेको खातामा रकम जम्मा गर्न सकिने छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं – धादिङ जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४...

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै राजधानीमा मोटरसाइकल र्‍याली

काठमाडौँ, फागुन १० – दुर्गा प्रसाईंको पक्राउको विरोधमा आइतबार राजधानीमा मोटरसाइकल र्‍याली निकालिएको छ। राष्ट्र,...

रास्वपामाथि ओलीको कटाक्ष : हारको डरले झण्डा जलाउने काम

विराटनगर, फागुन १० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन निर्धारित समयमै सम्पन्न हुनुपर्ने...