News Portal

शाही सेना छोडेर जनमुक्ति सेनामा सामेल भएका गुरुङलाई १० बर्ष जेल

हिमाली संचार संवाददाता
७४६ पटक

काठमाडौं, १६ साउन : जनयुद्धकालमा नेपाली सेनाबाट भागेर माओवादीमा प्रवेश गरेका विक्रम गुरुङलाई जेल चलान गरिएको छ। उनलाई १० वर्षको लागि जेल चलान गरिएको हो। गोरखाका विक्रम गरुङ काठमाडौंको कलङ्कीबाट पक्राउ परेका थिए।

नेपाली सेनाको टोलीले उनलाई पक्राउ गरेको थियो। सैनिक अदालतले उनलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ। सोही फैसलालाई सर्वोच्च अदालतले सदर गरेको हो। जनयुद्धकालमा उनी तत्कालिन शाही सेना छोडेर भागेका थिए। उनी हतियार सहित शाही सेना छोडेर जनमुक्ति सेनामा सामेल भएका थिए। जनमुक्ति सेनामा सामेल भएपछि शक्ति गुरुङको नामले चिनिन्थे उनि।

गुरुङ जेल चलान भएपछि सांसद हरिराज अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै विरोध जनाएका छन्। नेकपाका केन्द्रीय सदस्य तथा गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद अधिकारीले गणतन्त्र ल्याउन संघर्ष गरेका व्यक्तिहरुलाई पालैपालो जेल हाल्ने काम भएको भन्दै आपति जनाएका हुन्। उनले गणतन्त्र ल्याउन संघर्ष गरेका व्यक्तिलाई मात्र नभइ गणतन्त्र रोक्नेहरुलाई पनि कार्वाही गर्नु पर्ने तर्क गरेका छन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...