News Portal

ठूला नेता जोगाउन कांग्रेस कार्यकर्ताको हत्या : सांसद कँडेल

हिमाली संचार संवाददाता
७९९ पटक

साउन १४, काठमाडौं : बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरको जग्गा विक्रीमा मुछिएर माछा पोखरीस्थित हिमालय सिटी सेन्टरबाट युक्तप्रसाद श्रेष्ठको मृत्युबारेमा छानबिन गर्न कांग्रेसका सांसदले माग गरेका छन्।

कांग्रेसका सांसद तथा पूर्व गृहराज्य मन्त्री  देवेन्द्रराज कँडेलले यही १२ गते माछा पोखरीस्थित हिमालय सिटी सेन्टरबाट हाम फालेर मृत्यु भएको भनिएका कांग्रेस पर्वतका सचिव तथा डिल्ली बजार मालपोतका तत्कालीन खरिदार युक्तप्रसाद श्रेष्ठबारेमा सत्य तथ्य खोज्दै जवाफ मागेका हुन्।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार बोल्दै सांसद कँडेलले प्रहरीबाट श्रेष्ठले आत्महत्या गरेको सूचना आइरहेको भन्दै यसबारे सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका हुन्।

युक्तप्रसादले ललिता निवासको जग्गा विक्री प्रकरणमा नाम जोडिएपछि आत्महत्या गरे भन्ने विषय आयो। त्यति ठूलो प्रकरणमा एउटा खरिदारले कति काम गर्न सक्छ?’, कँडेलले भने, ‘पूर्वप्रधानमन्त्रीदेखि वरिष्ठ नेताहरु संलग्न भएको काण्डमा खरिदारले के कस्तो भूमिका निर्वाह गर्न सक्ला? एउटा सानो पदको कर्मचारीले सबै भूमिका निभाएको कुरा कति मान्न सकिएला?

सांसद कँडेलले युक्तले आत्महत्या गरेको घटना नै रहस्यमय रहेको बताए। उनले प्रहरीले सञ्चारमाध्यमलाई दिएको भनाइ नै शंकास्पद रहेको पनि जिकिर गरे।

‘९० किलोको मान्छे आठ तलामाथिबाट हामफाल्दा उसको रगत पनि आएको छैन, अंगभंग पनि भएको छैन। त्यहाँ देख्ने पनि कोही छैनन्’, उनले भने, ‘यो हत्या हो कि हामफालेरे आत्महत्या गरेकै हो? पोस्टमार्टम रिपोर्टमा के भनिएको छ?

सांसद कँडेलले ठूला नेता मुछिएकाले साक्षी मेटाउन यो घटना गराइएको हुन सक्ने आशंका व्यक्त गरे। ‘साक्षी मेटाउने किसिमले हत्या भएको त होइन भन्ने शंका उब्जिएको छ’, कँडेलले भने, ‘२०५९ सालमै उनले कर्मचारीबाट राजीनामा गरिसकेका थिए। उनी सामाजिक संस्थामा काम गर्ने व्यक्ति पनि हुन्। लायन्स क्लबका नेशनल गभर्नर थिए।

पूर्वगृराज्यमन्त्री कँडेलले बालुवाटारको जग्गा प्रकरणमा सूचना चुहाउन सक्ने भएकाले हत्या गरिएको हुन सक्ने बताउदै ‘बालुवटारको जग्गा प्रकरणमा केही कुरा चुहाउन सक्छन् भन्ने जानेर नै हत्या गरिएको त होइन?’, आशंका गर्दै उनले भने, ‘यसबारे सत्य तथ्य बाहिर आओस्।’

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...