News Portal

  • ठेकेदारकाे लापरबाहीले भवनकाे छत बाङ्गियाे

    हिमाली संचार संवाददाता
    ४१२ पटक

    रबिन्द्र बराल/मोरङ
    साउन १४ मंगलबार : मोरङकाे रंगेली नगरपालिका ७ स्थित बसपार्कमा मंसिर १७ गतेदेखि निर्माण सुरु भएको १८ वटा काेठाको सटर निर्माण सुरु भएपछि स्थानीयहरु रंगेलीमा बिकासका पुर्वधारहरुकाे काम राम्रो भएको भन्दै खुशी भएका थिए ।

    तर केही साता अागडि अाएकाे अविरल वर्षा भएकै दिन उक्त सटरहरुकाे माथिल्लो भागकाे ढलान भएपछि अहिले उक्त भवनकाे अगाडि र माथिल्लो भाग भने बाङ्गिएकाे र छत समेत गहिरो भएको देखिन्छ। गाेविन्द कन्स्ट्रक्सन बिराटनगरले निर्माणका लागि कुल ६५ लाख रुपैयाँ बराबरमा भवनकाे ठेक्का पाएकाे थियोे ।

    नगरपालिकाकाे मुख्य ब्यस्त ठाउँमा समेत ठेकेदारकाे लापरबाही हुन्छ भने अन्य भित्री गाउँमा भने कस्तो काम हाेला त सहजै अनुमान गर्ने सकिन्छ। स्थानीय निकेश थापाका अनुसार उक्त छत ढलानकाे दिन अबिर वर्षा भएको थियोे।

    ईन्जिनियर लगायत जनप्रतिनिधिहरु समेतले उक्त दिन ढलाना हुनबाट कसैले नराेकेकाे र राति १२ बजे सम्म छत ढलाना भएको थियोे। लगातारको बर्षाले छत ढलाना गरिएको सबै सिमेन्ट बगाए पछि उक्त ठाउँमा छड समेत देखा परेको थियोे। तर ठेक्केदारले पुनः माथिबाट पलस्तर गरेर टालटुल पारेको स्थानीयहरु बताउँछन्।

    स्थानीय अशुपत्ति मंन्डलका अनुसार छतकाे सेट्रिङ गर्ने समयमा बेवास्ता गरेपछि अहिले भवनकाे अधिकान्स ठाउँमा बाङ्गाे र फुटेको बडि मात्रै रहेको बताए ।

    गाेविन्द कन्ट्रसनका प्राेपाईटर अशाेक कुमार साहका अनुसार काम गर्दे जाँदा गल्ति भएको स्विकार गर्दै बिग्रेको ठाउँमा पुनः मर्मत गरिने भन्दै पन्छिन खाेजेका छन। उक्त भवन अबका दिनमा ईन्जिनियरले कसरी भवन पास गर्नेछन त्याे भने हेर्न बाँकी रहेको स्थानीयहरु बताउँछन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १८ गतेको राशिफल

    आज कार्तिक १८, २०८२ (नोभेम्बर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतमा गए, सरुवा निर्णयविरुद्ध रिट दायर

    काठमाडौं, कार्तिक १७  – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सरुवा निर्णयविरुद्ध...

    काठमाडौंमा लत्रिएका तार व्यवस्थापन सुरु

    काठमाडौं, १७ कार्तिक — काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन गर्न काम सुरु...

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...