News Portal

सल्यानको ढोरपिपल संग्रही खोलामा झोलुंगेपुल निर्माणसंगै स्थानीयलाई आवतजावतमा सहज

हिमाली संचार संवाददाता
५०८ पटक

इन्द्र बुढाथोकी
सल्यान, १४ साउन : सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा न. ७ स्थित ढोरपिपल संग्रही खोलामा झोलुंगेपुल निर्माण भएको छ। झोलुङ्गेपुल निर्माण पश्चात् स्थानीयबासीहरुलाई आवतजावतमा सहजता भएपछि खुशी बनेका छन।

करिब ७४ मिटर लम्बाई रहेको पुलको बनगाड कुपिण्डे नगरपालिका ३ लाख २३ हजार ९ सय ३८ रुपैया र हेल्पटास स्वापको आर्थिक सहयो तथा शारदा नेपाल सस्थाको प्राबिधिक सहयोगमा जम्मा ५३ लाख ९८ हजार ९ सय ७५ रुपैयाको लागतमा झोलुङ्गे पुलको काम सम्पन्न भएको पुल उपभोक्ता समितिका अध्यक्ष रिम बहादुर बस्नेतले जानकारी दिएका छन ।

उक्त झोलुङ्गेपुल बनेसंगै बनगाड कुपिण्डे नगरपालिका वडा न. ६,७,८ र ११ का वडाबासी लाभान्वित हुनेछन्। खोलामा झोलुङ्गेपुल बने संगै वर्षादको समयमा खेतबारिमा काम गर्ने कृषक तथा पढ्न जाने बालबालिकाहरुलाइ विद्यालय जान सहज हुने भएको छ । पुल नहुदा वर्षादको समयमा विद्यार्थीहरु विद्यालय जानबाट बन्चित हुन्थे।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...