News Portal

सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा लक्ष्य भन्दा कम राजस्व संकलन

हिमाली संचार संवाददाता
७३१ पटक

इन्द्र बुढाथोकी
सल्यान, १३ साउन : बनगाड कुपिण्डे नगरपालिकाको गत आर्थिक वर्ष २०७५/०७६ को आन्तरिक राजस्व ३३ लाख बराबर राजस्व संकलन गर्न सफल भएको छ । ५० लाख राजस्व उठाउने लक्ष्य लिएको नगरपालिकाले लक्ष्य भन्दा कम राजस्व उठाएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को असार मसान्त सम्म ३२ लाख ९१ हजार १ सय ६८ रुपैया राजश्व संकलन गरेको राजश्व शाखा भुपाल खड्काले बताए। उनका अनुसार नगरपालिकाले लक्ष्य भन्दा ३४.१७ प्रतिशत कम राजश्व संकलन गरेको हो ।

नगरपालिका कार्यालयबाट मात्रै ११ लाख ५४ हजार ४ सय ३९ रुपैया संकलन भएको नगरपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत हरि बहादुर खत्रीले बताए। जसमा १ न. वडा कार्यालय बाट ५ लाख ३ हजार ६ सय ४५ रुपैया, २ न. वडा कार्यालयबाट १ लाख ६ हजार १ सय २३ रुपैया, ३ न. वडा कार्यालयबाट १ लाख ६ हजार ५ सय ४० रुपैया, ४ न. वडा कार्यालयबाट ९२ हजार ९ सय ५८ रुपैयाँ, ५ न. वडा कार्यालयबाट १ लाख ६० हजार ७ सय ५३ रुपैया, ६ न. वडा कार्यालयबाट १ लाख ६२ हजार ९ सय २८ रुपैया, ७ न. वडा कार्यालयबाट २ लाख १ हजार ६ सय २१ रुपैयाँ, ८ न. वडा कार्यालयबाट २ लाख २२ हजार ८ रुपैया, ९ न. वडा कार्यालयबाट १ लाख ५८ हजार ९ सय ४९ रुपैयाँ, १० न. वडा कार्यालयबाट ८२ लाख ६ सय ३८ रुपैयाँ, ११ न. वडा कार्यालयबाट १ लाख ४९ हजार ८ सय ८७ रुपैया र १२ न. वडा कार्यालयबाट १ लाख ३३ हजार २ सय ७५ रुपैयाँ राजस्व संकलन गरिएको छ ।

घर कर, घरबहाल कर, भुमी कर, व्यबसाय कर, सिफारिस दस्तुर, नक्सा प्रमाणीत दस्तुर, अन्य कर संकलन गरिको अधिकृत खत्रीले बताए। नगरपालिका मुख्य राजस्व संकलन गर्ने भेरी नदि, बनगाड खोला, सङ्ग्रही खोला लगायत स्थानीय खोलाबाट ढुङ्गा गिट्टी बालुवाको कर संकलन गर्ने समस्या हुदा लक्ष्य भन्दा कम कर उठेको बताएका छन ।

अब IEE भैसकेको र अब देखि उक्त ठाउको कर आए पछि नगरपालिकाको लक्ष्य अनुसार कर उठाउने दाबी समेत गरिएको अधिकृत खत्रीले बताए। नगरपालिका मुख्य पर्यटन क्षेत्रको रुपमा रहेको कुपिण्डे तालको भने अहिलेसम्म राजस्व संकलनतिर कसैको ध्यान केन्द्रित भएको छैन।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...