News Portal

बिषालु च्याउ सेवन गर्दा एकै परिवारका ३ को ज्यान गयो

हिमाली संचार संवाददाता
६१५ पटक

डिबि बुढाथोकी
रोल्पा, १३ साउन : लुङ्ग्री गाउँपालिका ६ साविकको गुम्चाल गाबिस ६ पाटे गुम्चालमा साउन ९ गते बिषालु च्याउ खादा एकै घरपरिवारका ३ जनाको मृत्यु भएको हो ।

घर नजिकै जंगलबाट आमाले ल्याएको विषालु च्याउ खाँदा आमा कुर्मली बुढाथोकी, छोरी कुर्मली बुढाथोकी र छोरा पुस्कर बुढाथोकीको मृत्यु भएको छ । श्रीमान अमरसिंह बुढाथोकी वैदेशिक रोजगारको शिलशिलामा बिदेशमा रहेका छन् ।

बिषालु च्याउ खाएर बिरामी भएका परिवारलाई उपचारको लागि पुर्वी रोल्पाको बजार क्षेत्र मानिने सुलिचौर लागिएको थियो। सुलिचौरमा पनि उपचार सम्भव नभएपछि उनीहरुलाई बुटवल पठाईएको थियो ।

उपचारका लागि बुटवल लिंदै गर्दा ३ बर्षीय पुस्कर बुढाथोकीको साउन ११ गते बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

यस्तै ७ बर्षीय सुनिता बुढाथोकीको साउन १२ गते र २५ बर्षीय कुर्मली बुढाथोकीको साउन १३ गते उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको स्थानीयबासि जेबि बिष्ट “भावुक”ले जानकारी दिए ।

एकै परिवारका ३ जनाको ज्यान गएपछि गाउँ शोकमा डुबेको स्थानीयवासी बताउछन ।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...