News Portal

  • कुवेत र चाइनिज ताइपेविरुद्ध नेपालले खेल्ने खेल दशरथ रंगशालामा नहुने

    हिमाली संचार संवाददाता
    ५७६ पटक

    काठमाडौं, १३ साउन : विश्वकप फुटबलको दोस्रो राउण्डअन्तर्गत नेपालले कुवेत र चाइनिज ताइपेइसँग खेल्ने भनिएको खेल दशरथ रंगशालामा नहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तोकिएको समयभित्र रंगशाला पुनर्निर्माण नसक्ने बताएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई तनाव थपिएको हो ।

    राखेपका पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्यायले भदौ १९ गते कुनै पनि हालतमा पुनर्निमाण नसकिने बताए । उनले भने, ‘एन्फाले भदौ १९ गतेको लागि तयार पार्नु भनेको थियो तर, अहिलेसम्म छाना हाल्ने र सिट हाल्ने काम सकिदैन । अरु काम पनि धेरै बाँकी नै छ । त्यसैले हामीले सक्दैनौं भन्यौं ।

    राखेपको जवाफले विश्वकप छनोटअन्तर्गत कुवेत र चाइनिज ताइपेविरुद्धको खेल तोकिएकै समयमा दशरथ रंगशालामा नहुने प्रष्ट भएको एन्फाका प्रवक्ता किरण राईले बताए। उनले भने, ‘रशरथ रंगशालामा भित्रको काम अझै बाँकी रहेछ । निर्माण कम्पनीले भदौं १९ गतेको लागि तयारी हुदैन भनिसक्यो। त्यसकारण रंगशालामा खेल हुने देखिएन। अब एन्फा विश्वकप छनोटको दुई देशविरुद्धको होम खेल कहाँ खेलाउने भन्ने अन्योलमा छ ।

    एन्फा कम्प्लेक्सको खेल मैदान अन्तर्राष्ट्रिय स्तरको होइन। हलचोकस्थित एपीएफको मैदान पनि उपयुक्त छैन । त्यसैले एन्फाले सुरुमा अवे खेल खेल्ने पक्षमा छ । यो प्रस्ताव एसियन फुटबल महासंघ (एएफसी) र विश्व फुटबल महासंघ (फिफा) समक्ष राख्ने निर्णयमा एन्फा पुगेको छ । एन्फाका प्रवक्ता राईले भने, ‘पहिले हामी अवे खेल खेल्ने कि भन्ने छलफलमा छौ । यो विषयमा सोमबार मंगलबार टुंगो लाग्ला ।

    एएफसी र फिफाले नमाने नेपालले आफ्नो होम म्याच तटस्थ भूमिमा खेलाउनु पर्ने हुन्छ । यो विषयमा पनि छलफल चलिरहेको प्रवक्ता राई बताउँछन् । ‘हामी अहिले होम खेल कहाँ खेलाउने भन्ने विषयमा छलफलमै छौं । नेपालगञ्ज रंगशालाको कुरा पनि आइरहेको छ । अब त्यो कति सम्भव हुन्छ हामी अध्ययन गरिहेका छौं’ उनले भने, ‘ त्यो सम्भव भएन भने हामी न्युट्रल भेन्युमै जानु पर्ने हुन्छ। न्युट्रल भेन्यु भन्नाले नेपालले आफ्नो होम खेल कुनै तेस्रो देशमा गएर खेल्नु पर्ने हुन्छ । प्रवक्ता राई भन्छन्, ‘न्युट्रल भेन्युमा हुने भयो भने नेपाललाई सजिलो हुने देशमै खेलाउने छौं ।

    केहि दिनअघि मात्रै फिफाले सार्वजनिक गरेको विश्वकप छनोटको दोस्रो राउण्डमा नेपालले आफ्नो पहिलो खेल नै घरेलु मैदानमा पाएको थियो। होम खेल अन्तर्गत कुबेतविरुद्ध यहि भदौं १९ गते नेपालले प्रतिस्पर्धा गर्दैछ । त्यसपछि नेपालले चाइनिज ताइपेविरुद्ध होम खेल भदौ २४ गते खेल्दैछ ।

    दुबै खेल दशरथ रंगशालामा हुन सक्दैन । तर एन्फाको प्रस्ताव फिफा र एएफसीले मानेको खण्डमा यहि मितिमा नेपालले दुबै देशसँग अवे खेल खेल्नेछ। नेपालले अष्ट्रेलियासँग अवे खेल असोज २३ गते खेल्ने तालिका छ भने होम खेल चैत १८ गते खेल्दैछ ।
    त्यस्तै, नेपालले आफ्नो अर्को खेलमा जोर्डनसँग असोज २८ गते होम खेल खेल्नेछ भने अवे खेल २०७७ को जेठ २२ गते खेल्ने कार्यतालिका रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...

    हाम्रो पात्रोलाई सामाजिक सञ्जालसँगै बन्द गर्ने सरकारी निर्णय विवादित

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका भन्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा लोकप्रिय एप...