News Portal

  • विद्यालयको भवन निर्माणमा ठेकेदारको लापरबाही, जनप्रतिनिधिले लिए चासो !

    हिमाली संचार संवाददाता
    ७१४ पटक

    रबिन्द्र बराल/मोरङ
    साउन १३ सोमबार : माेरङकाे रंगेली नगरपालिका ६ मा रहेको पव्लिक उच्च माध्यमिक विद्यालयमा २०७३ सालमा जिल्ला शिक्षा कार्यलयकाे अनुदानबाट पव्लिक विद्यालयमा नयाँ भवनका लागि शिक्षा कार्यलयबाट ६० लाख रुपैयाँ बराबर र विद्यालयकाेषबाट २१ लाख रुपैयाँकाे लागतमा भवन निर्माण हुने समझैता समेत भएको थियोे ।

    साे विद्यालयमा कुल ८१ लाख ९९ हजार ६२ रुपैयाँको लागतमा १२ काेठे दुई तल्ले पक्कि भवन निर्माण गर्ने सम्झौता भएता पनि तिन बर्ष बितिसक्दा समेत निर्माण सम्पन हुन सकेको छैन। नयाँ भवनका काेठा तथा भुईकाे विभिन्न ठाउँमा फुटेकाे र छतबाट समेत पानी चुहिने समस्या भएको हुनाले विद्यार्थीहरुलाई पठनपाठनमा समेत समस्या हुनेे थालेकाेे छ ।

    अाईतबार रंगेली नगरपालिका कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी, मेयर दिलिप वगडिया, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष, तथा वडाध्यक्षहरुले उक्त भवनकाे निरिक्षण गरेका थिए। भवनकाे निरिक्षण गर्दा ठेक्केदारकाे लापरबाहीले गर्दा साे भवनमा कमसल काम गरेकाे पाईएकाे र हालसम्म काेठाकाे झ्याल समेत नलगाई छाडेको पाईएकाे छ।

    विद्यालयका प्राचार्य बिरेन्द्र साहका अनुसार रंगेलीमा रहेको सहकारी संस्था साझाका कर्मचारीका शिवनारायण राजबंशीले साे भवन बनाउने ठेक्का लिएकाे र काम अधुरो र भवनै चुहिने र विभिन्न ठाउँमा फुटेको र भत्किएको समेत साहले बताए।

    यता ठक्केदार शिवनारायणसंग उक्त बिषयमा जानकारी लिदा साे कुराकाेकाे बिषयमा अहिले केही नबाेल्ने भन्दै पन्छिन खाेजे । निरिक्षणमा पुगेका मेयरले लापरबाही गरेर भवन बनाउने जाे काेहिलाई समेत उन्मुक्ति नहुने र कार्वाहीकाे दायराभित्र ल्याउने कार्यकारीलाई निर्देशन समेत दिएका छन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    शनिबार रातिदेखि देशभर मनसुनी वर्षा तीव्र हुने, ३६ जिल्लामा बाढीको जोखिम

    काठमाडौं, साउन २ – शनिबार रातिदेखि नेपालभर मनसुन सक्रिय हुँदै अत्यधिक वर्षा हुने जल तथा...

    आलममाथि पुनः कानुनी घेराबन्दी : सर्वोच्चले के फैसला गर्ला?

    काठमाडौं, साउन २ – नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च...

    विराटनगरको प्रहरी कार्यालयमै तीन श्रमिकमाथि निर्घात कुटपिट, एकजना गम्भीर घाइते

    विराटनगर, साउन २ – मोरङको रानीस्थित इलाका प्रहरी कार्यालयभित्रै तीन जना श्रमिकमाथि भएको कुटपिटको घटनाले...

    धरहरा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला, ५ करोड नजिक आम्दानी

    काठमाडौं, साउन २ – काठमाडौंको ऐतिहासिक चिनारीका रूपमा रहेको सुन्धारास्थित धरहरा अब प्रत्येक दिन बिहान...

    शिक्षकबाटै यौन आक्रमण प्रयास, रोक्न गएका नागरिक पक्राउ

    पोखरा, साउन २ – पोखरा–१६ स्थित विन्दवासिनी माविका सहायक प्रधानाध्यापक भेषराज पौडेल र भारतीय पेन्सन...