News Portal

ईलाका प्रहरी कार्यालय सल्लीले ४० लिटर घरेलु मदिरा नस्ट गर्‍यो

हिमाली संचार संवाददाता
५०५ पटक

इन्द्र बुढाथोकी
सल्यान, १२ साउन : सल्यानकोे पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा रहेका विभिन्न स्थानीय वजारमा रहेको अवैध घरेलु मदिरा प्रहरीले आइतबार नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय सल्लीवजारका प्रहरी सहायक निरीक्षक (असही) लोक प्रसाद देवकोटाको नेतृत्वमा गएको गस्ती टोलिले बनगाड कुपिण्डेको वडा न ५ को नाथेखोला त्रिवेणीवजार, वडा न ६ को सुनौली वजार, वडा न १ को सल्लीवजार लगायत विभिन्न स्थानहरुबाट ४० लिटर मदिरा वरामद गरि नष्ट गरिएको छ ।

घरेलु मदिरा तयार पार्ने राखिएका ४ थान भाडाकुडाँ र मदिराको लागि आवश्यक २०० लिटर कच्च पदार्थ समेत नष्ट गरेको छ। पटकपटक स्थानीय वजार र घरबाट प्रहरीले थुप्रै मात्रामा घरेलु मदिरा सँगै मदिरा तयार पार्ने भाँडाकुडा बरामद गरेको वताएको छ।

नागरिकको चाहना अपराध मुक्त समाजको परिकल्पना भन्ने भनाइलाई सार्थक दिन र हालका दिनहरूमा महिला हिसाका घटनाहरुमा मादक प्रदार्थ पनि प्रमुख कारण रहेको उल्लेख गर्दै अभियान चालिएको इन्चार्ज सुशील रावल बताउनु भएको छ अवैध घरेलु मदिराका कारण समाज र घरमा झैझगा वढ्न थाले पछि यो अभियान लागु गरिएको हो ।

मदिराकै कारण अधिकांस झैझगाडा हुने गरेको र तेहि प्रकृतिका उजुरी वढि आउने गरेको इलाका प्रहरी कार्यलय सल्लीवजारले जनाएको छ । स्थानीय वजार लगाएत यो अभियान गाउँगाउँ सम्म पुर्याउने इप्रका ईन्चार्ज शुसिल रावलले जानकारी दिनु भएको छ ।

अवैध मदिारा नष्ट गर्ने अभियानमा यतिवेला इलाका प्रहरी कार्यालय सल्लीवजार अग्रसर देखिएको छ । जनप्रतिनीधी, पत्रकार, स्थानीय लगाएतको मुचुल्का र रोवहरमा सवै मदिारा नष्ट गरिएको छ। स्थानीयले भने घरेलु मदिरा नस्ट गर्नु पहिला जाड रक्सी राख्ने सम्बन्धि गाउँगाउँमा गएर जनचेतना दिनुपर्ने बताएका छन।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...