News Portal

रुपन्देहीमा मोटरसाइकल चोरी गर्ने पक्राउ

हिमाली संचार संवाददाता
४६९ पटक

बुटवल– रुपन्देही प्रहरीले विभिन्न समयमा मोटरसाइकल चोरी गर्ने समूह र चोरीका मोटरसाइकल पक्राउ गरि सार्वजनिक गरेको छ । जिल्ला विभिन्न ठाउमा श्रृंखलाबद्ध रुपमा  मोटरसाईकल हराएपछि प्रहरीले बिशेष अभियान सञ्चालन गरी उक्त गिरोहलाई प्रकाउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले चोरी घटनामा संलग्न ७ जनालालई आइतवार सार्वजनिक गरेको प्रहरी प्रबक्ता धर्मराज भण्डारीले बताए । प्रहरीका अुनसार रुपन्देही सि.न.पा. ५ नापी कार्यालयबाट लु. १९ प. ८१७० नम्बरको होण्डा साईन मोटरसाईकल चोरी भएको जानकारी प्रहरीमा गराएपछि अनुसन्धान गर्दै जाँदा चोरीका थप मोटरसाइकल र व्यक्तिहरु पक्राउ परेका हुन ।

प्रहरीले अनुसन्धानको क्रममा उक्त मोटरसाईकल चोरी गर्ने रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ११ बस्ने अब्दुल हमिद मुसलमान र शुद्धोदन गा.पा. ६ बस्ने कालु मल्लाहलाई पक्राउ गरी बयानको क्रममा चोरी कार्यमा संलग्न थप ५ जनालाई पक्राउ गरेको प्रवक्ता भण्डारीले बताए । पक्राउ परेकाहरुले रुपन्देही तथा भारतको सीमावर्ती शहरमा बिभिन्न मोटरसाईकल चोरी गरी मिलि भगतमा बेचबिखन गर्ने गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रुपन्देही कञ्चन गा.पा.५ बस्नेहरु गगन गुरुङ, सम्मरबहादुर थापा, मानबहादुर भण्डारी, ओमप्रकाश रौतार र कपिलवस्तु बाणगंगा न.पा. १० बस्ने दिपक चौधरी रहेका छन् । अनुसन्धानको क्रममा उनीहरुले चोरी गरि विक्री गरेका लु १५ प २१७१ को होण्डा साईन, लु १९प ८१७० को होण्डा साईन, लु २१ प ६४३४ सुपर स्पलेण्डर, लु ३५ प २१५५ सुपर स्पलेण्डर,  लु २२ प ६९४८ सुपर स्पलेण्डर र लु२२प ४३५५ प्रो.स्पलेण्डर मोटरसाइकल प्रहरी बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...