News Portal

तरुणदलले बुझायो रंगेली अस्पतालमा ज्ञापनपत्र

हिमाली संचार संवाददाता
७१४ पटक

रबिन्द्र बराल
मोरङ, ११ साउन : नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ क्षेत्रीय कार्य समितिद्वारा रंगेली अस्पताल विकास समितिलाई ज्ञापनपत्र बुझाएको छ। केही महिना अगाडि रंगेली अस्पताल जिल्ला स्तरीयबाट संघिय एंवम प्रदेश सरकारले सुनियोजित तरिकाले यसकाे स्तर घटाएकाे भन्दै ध्यानाकर्षण भएको ज्ञापनपत्रमा भनेका छन।

रंगेली नगरपालिकाले अस्पतालमा कर्मचारी भर्ना गरिने थलाे समेत बनाएकाे अाराेप लगाएका छन। शुक्रबार अस्पतालकाे सभाहलमा तरुण दल र नेपाल विद्यार्थी संघका प्रतिनिधि नगरपालिकाका कार्यकारी टाेम प्रसाद सुवेदी, अस्पतालका निमित्त प्रमुख, प्रसाशन अधिकृत लगायतकाे उपस्थितिमा विद्यार्थीहरुले संयुक्तरूपमा १५ बुदे ज्ञापनपत्र बुझाएका छन।

नगरपालिकाले कुनै पनि वहानामा बिज्ञापन बिना नियुक्त गरिएका कर्मचारी एवम् स्वयमसेवकलाई अविलम्ब बर्खात गरियोस्, निशुल्क पाईने ७० प्रकारकाे अाैषधि तुरुन्तै व्यवस्थापन गरियोस्, अस्पताललाई एक सय बेडकाे स्वकृति गरियोस्, एक बर्ष अागडि निर्माण हुदै गरिएको सटरकाे हिसाब सार्वजनिक गरियोस् र ३ सय वाेरा सिमेन्ट बेकामे भएको हुनाले त्यसकाे जवाफदेहि हालसम्म कुनै पक्ष नदेखिएको, अस्पतालमा दलित तथा जेष्ठ नागरिक हरुकाे सम्पुर्ण सेवामा निशुल्क दिनु पर्नेे र लामाे समय देखि अाई.सि.यु. तथा एन अाई. सि. यु.काे व्यवस्थापन चाडै हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

उक्त ज्ञापनपत्र कार्यकारी अधिकृत तथा अस्पताल प्रशासनलाई संयुक्तरूपमा हस्तान्तरण गरिएको थियोे। नेविसंघका कमलेश मंन्डलले ज्ञापनपत्र पढेर सुनाएका थिए।

प्रतिकृया दिनुहोस्

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...