News Portal

दुबै मृगौला पीडित बिकलाई मलेसियाबाट आर्थिक सहयोग

हिमाली संचार संवाददाता
८८५ पटक

इन्द्र बुढाथोकी
सल्यान ६ साउन : सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ३ बामे पोखरा निवासी ४० वर्षिया मृगौला पीडित बिरबल बिकलाइ मलेसियाबाट २७ हजार १ सय रुपैया सहयोग गरेका छन । बामे ३ कुमार पुन, रमेश पुन, खलबिर पुन र पुर्ण पुन लगायत मलेसियास्थित सुपर फुड JDE कम्पनीमा काम गर्ने नेपालीहरूबाट आफुले कमाएको केही पैसा उठाएर पठाएको कुमार पुनले बताए।

गाउँघरको समाजसेवी भएको र बिगत जनयुद्ध कालमा समेत दुख गरेको आर्थिक अवस्था कमजोर भएकोले आफुहरुले थोरै भए पनि सहयोग गरेको पुनले बताए।

६ महिना देखि दुबै मृगौला पीडित भएका बिक अहिले काठमाडौको टिचिङ्ग हस्पिटलमा उपचार गराइरहेका छन । दुबै मृगौला पीडित बिकले आफ्नो आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगको लागि सबैमा याचना गरेका छन । मृगौला पीडित बिक तत्कालीन नेकपा माओवादी वडा न ३ बामे वडाध्यक्ष समेत रहेका थिए। उनी २०५८ साल देखि पुर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर समेत रहेका थिए।

पीडित बिकलाइ केही समयमा अगाडि बनगाड कुपिण्डे नगरपालिका र अन्य व्यक्तिहरुले पनि सहयोग गरेका थिए। उनी तत्कालिन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्वमा जनमुक्ति सेनाका रुपमा कार्यरत भएका थिए। सेनामा हुँदा मुख र पिठ्युमा गोलि समेत लागेको उनले बताए।

बिकका श्रीमति पार्वती बि.क बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३ की दलित महिला वडा सदस्य छन। दुई छोरा र दुई छोरी छन् । हाल मजदुरी गरी घरखर्च चलाउँदै आएका उनका दुवै मृगौला फेल भएपछि आर्थिक अवस्था कमजोर बन्दै गएको बताउँदै सहयोगका लागि सबैसँग अनुरोध गरेका छन् ।

सरकारले मृगौला पीडितको डायलोसिस गर्दा शुल्क नलाग्ने भनेपनि आफुले समयमै डायलोसि गर्न नपाएको दुख व्यक्त गरे। बोल्न, हिड्न र खाना मन नलाग्ने गरेको बताउँदै समयमै उपचार गर्नका लागि सहयोग गरी दिन विभिन्न संघसंस्थाहरुलाई अनुरोध गरेका छन् ।

बिकले देश विदेशमा रहनुभएका सबैमा सहयोग गरि आफ्नो उपचारमा सहयोग गर्न याचना गरेका छन् । उनले आफ्नी श्रीमती पार्वती कामीको लक्ष्मी बैक सल्लीबजारको खाता न ०६९२३००९८३० र आफ्नो मोवाईल नंम्बर ९८६४९३५२७० मा सम्पर्क गरी सहयोग गरिदिन आग्रहसमेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

महाप्रसाद वितरण गर्दै मनाइयो मारवाडी युवा दिवस

रंगेली (मोरङ)- मारवाडी युवा दिवसको अवसरमा रंगेली–७ स्थित मुख्य बजारमा रहेको श्री काली मन्दिरमा शनिबार...

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...