News Portal

  • दाङमा हिलोको दलदलमा फसेर दुई दिदीबहिनीसहित ३ को मृत्यु

    हिमाली संचार संवाददाता
    ७२७ पटक

    नारायण खड्का
    दाङ, ६ साउन : हिलोको दलदलमा फसेर तीन किशोरीको मृत्यु भएको छ। दाङको घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुरको पैतीखोलास्थित खेतमा हिलोको दलदलमा फसेर स्थानीय दुई दिदीबहिनी र फूपु गरी तीन जनाको मृत्यु भएको हो।

    मृत्यु हुनेमा स्थानीय १९ वर्षीया वसन्ती विक, १९ वर्षकै झरना विक र १६ वर्षीया अमृता विक रहेका जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।

    एसपी पाण्डेका अनुसार झरना र अमृता दिदीबहिनी हुन् भने वसन्ती फूपु हुन्। उनीहरू खेतमा धान रोपेर घरतर्फ फर्कंदै गर्दा खेतको खाल्डोमा जमेको पानीमा हात खुट्टा धुने क्रममा खाल्डोमा डुब्न पुगेको एसपी पाण्डेले बताए।

    हात खुट्टाको हिलो धुने क्रममा पहिला एक जना खाल्डोमा खसेपछि उनलाई तान्न प्रयास गर्दा एकपछि अर्को गर्दै तीनै जना हिलोको दलदलयुक्त खाल्डोमा खसेर मृत्यु भएको एसपी पाण्डेले बताए।

    ‘यो आइतबार बेलुका सात बजेतिरको कुरा हो। खेतमा खाल्डो ठूलो पनि थिएन। हिलोयुक्त खाल्डोको दलदलमा पर्दा उनीहरू आत्तिएर तानातान गर्ने क्रममा डुबेर मृत्यु भएको भन्ने छ,’ एसपी पाण्डेले भने।

    तीनै जना किशोरीहरुलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएलगत्तै अस्पतालले तीनै जनालाई मृत घोषणा गरेको एसपी पाण्डेले जानकारी दिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १८ गतेको राशिफल

    आज कार्तिक १८, २०८२ (नोभेम्बर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतमा गए, सरुवा निर्णयविरुद्ध रिट दायर

    काठमाडौं, कार्तिक १७  – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सरुवा निर्णयविरुद्ध...

    काठमाडौंमा लत्रिएका तार व्यवस्थापन सुरु

    काठमाडौं, १७ कार्तिक — काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन गर्न काम सुरु...

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...