News Portal

दाङमा हिलोको दलदलमा फसेर दुई दिदीबहिनीसहित ३ को मृत्यु

हिमाली संचार संवाददाता
७८७ पटक

नारायण खड्का
दाङ, ६ साउन : हिलोको दलदलमा फसेर तीन किशोरीको मृत्यु भएको छ। दाङको घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुरको पैतीखोलास्थित खेतमा हिलोको दलदलमा फसेर स्थानीय दुई दिदीबहिनी र फूपु गरी तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय १९ वर्षीया वसन्ती विक, १९ वर्षकै झरना विक र १६ वर्षीया अमृता विक रहेका जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।

एसपी पाण्डेका अनुसार झरना र अमृता दिदीबहिनी हुन् भने वसन्ती फूपु हुन्। उनीहरू खेतमा धान रोपेर घरतर्फ फर्कंदै गर्दा खेतको खाल्डोमा जमेको पानीमा हात खुट्टा धुने क्रममा खाल्डोमा डुब्न पुगेको एसपी पाण्डेले बताए।

हात खुट्टाको हिलो धुने क्रममा पहिला एक जना खाल्डोमा खसेपछि उनलाई तान्न प्रयास गर्दा एकपछि अर्को गर्दै तीनै जना हिलोको दलदलयुक्त खाल्डोमा खसेर मृत्यु भएको एसपी पाण्डेले बताए।

‘यो आइतबार बेलुका सात बजेतिरको कुरा हो। खेतमा खाल्डो ठूलो पनि थिएन। हिलोयुक्त खाल्डोको दलदलमा पर्दा उनीहरू आत्तिएर तानातान गर्ने क्रममा डुबेर मृत्यु भएको भन्ने छ,’ एसपी पाण्डेले भने।

तीनै जना किशोरीहरुलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएलगत्तै अस्पतालले तीनै जनालाई मृत घोषणा गरेको एसपी पाण्डेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

राजनीति जब निर्ममतामा उत्रीन्छ

– कमला थापा २०८३ वैशाख २ गते। पुराना राजनैतिक दलहरु फाल्गुन २१ को निर्वाचन पछि...

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...