News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • मप विश्वविद्यालयका डीन लामिछानेले पाठ्यक्रमको रकम रक्सी र मासुमा झ्वाम्

    कार्यक्रम उद्घघाटन सुरु हुनु भन्दा पहिला नै रक्सी, मासु खाएको होटलको रेकर्डमा उल्लेख छ। तर होटलवाट भने विल मिलाएर डीन लामिछानेले तेव्वर वढिको विल पेश गरेका छन्।

    हिमाली संचार संवाददाता
    ८९४ पटक

    सुर्खेत, ५ साउन – मध्यपश्चिम विश्वविधालय ईन्जिनियरिड्ड विषयको विइ हाईड्रोपावर विषयको पाठ्यक्रम सम्वन्धी तीन दिने कार्यशाला गोष्ठीका नाममा आएको रकम मध्यपश्चिम विश्वविधालय ईन्जिनियरिड्ड संकायका डीन गोविन्द प्रसाद लामिछानेले दुरुपयोग गरेका छन् ।

    पाठ्यक्रम सम्वन्धि तिन दिने गोष्ठीका नाममा २ लाख ५० हजार रुपैया पेश्की लिएका डीन लामिछानेले सुर्खेतको एक होटलमा आफुनिकटका १९ जना सहभागिहरु जम्मा गरि केही घण्टामा कार्यक्रम सकेर ३ दिन गोष्ठी संचालन गरेको भन्दै रकम दुरुपयोग गरेका हुन् ।

    ३ दिनसम्म संचालन गरिएको विल पेश गरेका लामिछानेले केही घण्टामा कार्यक्रम सकेर आफु निकटका व्यक्तिहरुलाई रक्सी, मासु र चुरोटमा रकम खर्च गरेको पाईएको हो। गोष्ठीमा १० जना विई हाईड्रोपावर विषय प्रथम व्याचका विधार्थी, ७ जना ईन्जिनियरिड्ड संकायका शिक्षक र २ जना विज्ञहरु सहभागि भएको भएपनि ४५ जना विधार्थीहरु सहभागि भएको विल पेश गरि रकम दुरुपयोग गरिएको हो ।

    विश्वविद्यालयले ३ दिनको कार्यक्रमका लागि वजेट छुट्टटाएपनि डीन लामिछानेले विधार्थीहरुको नाममा आफुनिकटलाई रक्सी, मासु, चुरोटमा खर्च गरेको होटलको खर्च विवरण प्यानं नम्बर विलमा देखिएको छ । ३ दिन सम्म होटलको १०१ , १०२ र १०३ नम्वर कोठामा वसेका केही व्यक्तिहरुले गोष्ठीका नाममा खर्च गरिएको ७७ हजार रुपैयाकोे विल भएपनि विश्वविद्यालयमा भने वढाएर १ लाख ९६ हजार रुपैयाको विल पेश गरेको पाईएको हो ।

    सुर्खेतको एक होटलमा खर्च भएको दैनिक विलमा कार्यक्रमको नाममा कोठा, रक्सी, खाना, चुरोट लगाएतको विल भेटिएपनि विश्वविद्यालयमा भने ४५ जना सहभागिहरुले खाएको खाना र नास्ताको विल पेश गरिएको छ । कार्यक्रम उद्घघाटन सुरु हुनु भन्दा पहिला नै रक्सीमासु खाएको होटलको रेकर्डमा उल्लेख छ । तर होटलवाट भने विल मिलाएर डीन लामिछानेले तेव्वर वढिको विल पेश गरेका छन् ।

    २०७५ मंसिर २२ गते सुर्खेतको एक होटलमा भएको कार्यक्रममा ३३ हजार खर्च भएको भएपनि कार्यक्रम पश्चात डीन लामिछानेसंग अन्य व्यक्तिहरु आई पटक पटक वियर र मासु खाने गरेको होटलका एक कर्मचारीले वताए।

    होटलका कर्मचारीका अनुसार कार्यक्रममा खर्चभएको ३३ हजार र पछि भएको खर्च गरी ७७ हजारको भुक्तानी गर्न आग्रह गरेपनि डीन लामिछानेले दुईलाखको भ्याट विल दिएपछि मात्र होटलको चेक बनाईदिने अडान राखेपछि होटलले १ लाख ९६ हजार दुई सय एकासी रुपैंया बराबरको भ्याट विल उपलव्ध गराएको वताए। उनले भ्याट विल दिएपश्चात पटक–पटक गरी होटललाई रकम भुक्तानी दिएका थिए । स्रोतका अनुसार विलमध्येको केही रकम अझै होटलमा तिर्र्न वाँकी रहेको खुल्न आएको छ।

    विई हाईड्रोपावरको कार्यशाला गोष्ठीमा ईन्जिनियरिड्ड संकाय हाईड्रोपावर फ्याक्लटिका विद्यार्थी खडानन्द तिवारीको नेतृत्वमा १२ जना विद्यार्थी सहभागी भएको खुलेपनि डीन लामीछानेले प्रत्येक दिन ४५ जना विधार्थीहरु सहभागि भएको विल पेश गरेका छन् । हाईड्रोपावर विषय प्रथम व्याचका अर्का विधार्थी सुर्य पौडेलले विधार्थीहरु नभएका वेला कार्यक्रम गरिएको वताए । उनले भने, ‘हाईड्रोपावरका अधिकाशं विधार्थीहरु प्युठान शैक्षिक भ्रमणमा गएका थिए त्यही मौका छोपेर कार्यक्रम गरिएछ।

    ‘हाम्रो लागी आएको पाठ्यक्रम कार्यशाला गोष्ठीमा पैसाको चलखेलका कारण विधार्थीहरुलाई अन्यौलमा पारियो यो सरासर गलत हो।’ गोष्ठीमा सहभागी भएका फस्ट व्याचका विधार्थी प्रमेश रावत चन्द्रवंशीले विधार्थीहरुको कार्यक्रममा विश्वविद्यालयका कर्मचारीहरुको रजाई थियो, गोष्ठीमा ५/७ जना विधार्थीहरुलाई देखाएर आर्थिक चलखेल गरेको वताए।

    उनले भने, ‘आर्थिक चलखेलका लागि विधार्थीहरुलाई मोहरा वनाईयो यो सरासर गलत हो ।’ विधार्थीहरुको भविष्यमाथि खेलवाड गर्न कसैलाई छुट छैन् यो विषयमा तत्काल छानविन हुनुपर्ने वंशीको माग छ ।

    यता हिनामिनाको विषयमा डीन लामीछानेसंग टेलिफोनमा सम्पर्क गर्दा होटलमा ९१ ह्जार खर्च भएको वताएका छन् । उनले गल्तीले भ्याट विल वढिको गएको भएपनि खर्चवाट वचेको रकम विश्वविद्यालयमा फिर्ता गर्ने वताए ।

    होटलमा देखिएको विलकोे वचाउ गदै लामिछानेले भने, कार्यक्रममा सहभागि विज्ञहरुले व्यक्तिगत रुपमा रक्सी खाएकाले उक्त रकम विश्वविद्यालयले नतिर्ने वताए। लामिछाने डीन भएपछि ईन्जिनियरिड्ड संकायमा हुने गरेको यस्तो घटना पहिलो नभएको ईन्जिनियरिड्ड संकायका कर्मचारीहरुको भनाई रहेको छ ।

    विश्वविधालयका अनुसार ईन्जिनियरिड्ड परिषद्को विज्ञ समूह निरीक्षणका लागि आउँदा समेत लामिछानेले १ लाख रुपैया पेश्की लगेर सवै रकम खर्च नगरी हिनामिना गरेको विश्वविधालय स्रोतले वताएको छ। डीन गोविन्द लामिछानेको स्नातकोत्तर र विद्यावारिधिको सर्टिफिकेट सम्वन्धमा पटक पटक प्रश्न उठ्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ३०, २०८२ (मे १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गृहमन्त्रीको साथी हुँ भन्दै राष्ट्रसेवकलाई धम्क्याउने पक्राउ

    काठमाडौं, वैशाख २९ – गृहमन्त्रीसँग निकट सम्बन्ध रहेको भन्दै विभिन्न सरकारी निकायका कर्मचारीहरूलाई धम्की दिने...

    राजावादीको आन्दोलनविरुद्ध गाउँ–गाउँमै प्रतिवाद गर्न प्रचण्डको आह्वान

    काठमाडौं, वैशाख २९ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजावादी शक्तिहरूको आन्दोलनलाई सुरुमै...

    भारतले सबै विमानस्थल सञ्चालनमा ल्यायो, युद्धविरामपछि सामान्य बन्दै हवाई यातायात

    काठमाडौं, वैशाख २९ – भारत–पाकिस्तानबीच पछिल्लो समय चर्किएको तनाव केही सहज बन्दै गएका संकेत देखिन...

    बीमा रकम हिनामिना प्रकरणमा एक कर्मचारी पक्राउ

    दाङ, वैशाख २९ – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको होलेरीस्थित उपशाखा कार्यालयमा कार्यरत एक कर्मचारी बीमितहरूबाट...