News Portal

  • सशस्त्र प्रहरीका हाकिम फेरबदल हुँदा घुमुवा लखेटिए

    हिमाली संचार संवाददाता
    ५७४ पटक

    महोत्तरी, ४ साउन : सशस्त्र प्रहरी बलको भावी नेतृत्वमा पुग्न सक्ने छवि बनाएका डिआइजी राजु अर्यालले सर्लाहीका घुमुवाहरूलाई तितरबितर पारेका छन्। सर्लाही जिल्लाका गणपति समरबहादुर श्रेष्ठले घुमुवाका रूपमा परिचालन गरेका सुरेन्द्र रायलाई पर्सास्थित १३ नम्बर गणमा पठाएका छन् भने असई दीपेन्द्र झालाई सिराहा पुर्‍याएका छन् ।

    यसअघि २ नम्बर प्रदेशका डिआइजी प्रवीणकुमार श्रेष्ठले असई दीपेन्द्र झा, सिपाही रोशन झालाई आफ्नो बाहिनीको घुमुवाका रूपमा सर्लाहीमा परिचालन गर्दै आएका थिए। यससम्बन्धी समाचारहरू बाहिर आएपछि ती दुवै घुमुवाहरूलाई बाहिनीमा तानिएको थियो। त्यसमध्येका असई दीपेन्द्र झा सिराहा पुगेका छन् भने सिपाही रोशन झा बाहिनीमा नै छन् ।

    त्यसैगरी सर्लाहीका एसपी समरबहादुर श्रेष्ठले घुमुवाका रूपमा परिचालन गरेका सुरेन्द्र रायलाई पर्साको १३ नम्बर गण पुर्‍याइएको छ। अर्का घुमुवा सिपाही मकेन्द्र महतो तालिममा छन्। तालिमबाट हरेक साता शुक्रवार आउट निस्कँदासमेत सिपाही मकेन्द्र महतोले मरीचको तस्करी गर्ने चर्चित तस्कर विजय यादवलगायतका तस्करहरूसँग रकम लिने गरेको गुनासोसमेत बाहिर आएको छ।

    तस्कर यादवलगायतकाहरूले सर्लाहीको मधुवनी र अर्नाहा नाकाबाट मरीच, केराउ, चाइनिज सामान, कपडा, काठलगायतका सामानहरूको ठूलो तस्करी गर्दछन्। ती तस्करहरूसँग तालिमबाट आउट निस्कँदासमेत घुमुवा रहेका मकेन्द्र महतोले रकम लिने गरेको खुलासा भएको हो।

    अहिले डिआइजी राजु अर्यालले घुमुवा निषेध अभियान चालेका छन्। विगतमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआइजीबीच समन्वयको अभाव, एकअर्कालाई आरोपप्रत्यारोप लगाउने, घुमुवा परिचालन गरी रकम असुल्ने कार्य व्यापक रूपमा हुँदै आएकोमा हाल त्यो कार्य रोकिएको छ।

    प्रहरीका डिआइजी प्रद्युम्न कार्की र सशस्त्रका एआइजी राजु अर्यालको अहिलेसम्मको छवि स्वच्छ देखिँदै आएको छ। फुवै प्रहरीको उच्च नेतृत्वमा पुग्न सक्ने हैसियत र क्षमता राख्ने अधिकृत भएका कारणका साथै उनीहरूको विगतको कार्यशैली र स्वच्छ छविका कारण पनि २ नम्बर प्रदेशमा विगतमा जस्तो खुलेआम तस्करी र असुलीधन्दा रोकिने विश्वास गरिएको छ ।

    यसैबीच पर्साको बोर्डर आउट पोस्ट सिर्सियाले घुमुवा परिचालन गरेको छ । बोर्डर आउट पोस्ट सिर्सियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवन मल्ल ठकुरीको निर्देशनमा घुमुवा परिचालन गरिएको हो । बोर्डर आउट पोस्ट सिर्सियाबाट सशस्त्र प्रहरी जवान हरिचन्द्र महतो घुमुवामा खटिएका छन् । सशस्त्र प्रहरी जवान महतोको कार्य तस्करसँग रकम उठाउनुमात्र हो।

    बोर्डर आउट पोस्ट सिर्सियाको क्षेत्र अलौ नाकाछेउमा पर्ने ड्राइपोर्ट पछाडीदेखि बाराको मुसहर्वासम्म पर्दछ । उक्त नाकाबाट तस्करी गर्ने तस्करहरूसँग मोटो रकम लिन निरीक्षक मल्लले जवान हरिचन्द्र महतोलाई खटाएको स्रोत बताउँछ। सशस्त्र प्रहरी जवान महतोले कपडा, हार्डवेयर, सुख्खा, मरिचलगायतका तस्करहरूसँग रकम बुझी सिर्सिया र भकुवा नाकाबाट लाइन दिएका छन् । जवान महतो ४ दिन ड्युटी र ३ दिन सिभिलमा खट्ने गरेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...

    पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

    काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण...