News Portal

नेकपामा गौतमलाई संगठन विभागको जिम्मेवारी

हिमाली संचार संवाददाता
६८५ पटक

काठमाडौं, ४ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अन्ततः पार्टीको शक्तिशाली विभाग वामदेव गौतमलाई दिइने भएको छ । निरन्तर पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको सम्पर्कमा रहेका वामदेव गौतमलाई संगठन विभागको जिम्मेवारी दिन ओली सहमत भएका छन् ।

गत पौषमा सम्पन्न स्थायी कमिटीको बैठकमा गौतमले फरक मत राखेपछि विग्रेको ओली गौतमको सम्बन्धमा सुधार हुदै गएपछि ओलीले गौतमलाई संगठन विभागको जिम्मेवारी दिन तयार भएको नेकपा निकट स्रोतले जनाएको छ ।

निरन्तर सम्पर्कमा रहेका गौतमलाई गत असार २८ गते ओलीले प्रधानमन्त्री निवास वालुवाटारमा गौतमको जन्मदिन समेत मनाएका थिए । २८ गते वालुवाटार पुगेका गौतमलाई ओलीले मिठाई खुवाएर जन्मदिन मनाइदिएका थिए ।

पार्टी एकताको प्रकृया अन्तिम चरणमा पुगेका बेला सचिवालय सदस्य समेत रहेका गौतमसँग प्रधानमन्त्री ओलीले निरन्तर सम्वाद गरिरहेका छन् । केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँडलाई अघि बढाउँदा पनि नेता गौतमसँग छलफल गरेका थिए ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको केही सचिवालय सदस्यको बैठकले गौतमलाई संगठन विभागको जिम्मेवारी दिने सहमति गरेको छ । यो प्रस्ताव आइतबार बस्ने सचिवालय बैठकमा राखिने स्रोतले जनाएको छ ।

स्कुल विभागमा अर्का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई पठाउने निर्णय भएको हो भने पार्टीको तेस्रो वरियतामा रहेका वरिष्ठ नेता माधव कुमार नेपाललाई विदेश विभागको जिम्मेवारी दिइने स्रोतले दावी गरेको छ ।

त्यस्तै नीति तथा प्रतिष्ठान विभाग भने झलनाथ खनाललाई दिइने पनि स्रोतले दावी गरेको छ। एकिकरणपछि तय भएको नेकपाको ३२ केन्द्रीय विभाग मध्ये १८ वटा पूर्वएमालेको भागमा छ भने बाँकी १४ पूर्वमाओवादी केन्द्रको नाममा भागवण्डा गरिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...