News Portal

गाउँपालिकाले दियो जिवित मान्छेलाई मृत्यु दर्ताको प्रमाणपत्र !

हिमाली संचार संवाददाता
११०२ पटक

कष्ण प्रसाद अधिकारी
दैलेख, ३ साउन : दैलेख जिल्लाको भगवतीमाई गाउँपालिकामा जिवित ब्यक्तिलाई मृत्यु दर्ताको प्रमाण पत्र दिएको छ। जिवितै रहेका भगवतीमाई गाउँपालिकाको वडा नं. ४ का मनिराम खत्री र उनकी श्रीमतीलाई मृत्यु दर्ताको प्रमाणपत्र बुझाइएको हो।

‘गएको मंसिरमा हाम्रो परिवार बसाइसराईं गरी बाँसगढी नगरपालिका आएको थियो,’ पीडितकी छोरी नानकला अधिकारीले भनिन ‘उतिबेला वृद्धभत्ताका लागि कागजात मिलाइदिन भनेर बुवाआमाले गाउँपालिकामा कागजात पेश गर्नुभएको थियो।

असार १० गते मनिरामका दुवैजनालाई मृत्यु दर्ताको कागजात थमाइएको थियो गाउँका सोझा लेखपढ समेत नगरका दम्पतिलाई मृत्यु के मृत्यु के बसाईसराई थाहा नै भएन । उनीहरु निरीह भएर घर फर्किए । ‘वृद्ध भत्ताका लागि बाँसगढी नगरपालिका र भगवतीमाई गाउँपालिकामा धेरै धाइयो,’ छोरी नानकलाले भनिन्, ‘ माग सम्वोधन भएन ।

उनले वडा सचिव कृष्णबहादुर शाही र सामाजिक परिचालक ज्ञानबहादुर थापाका कारण यस्तो सास्ती भोग्नुपरेको आरोप लगाइन् । ‘बाँचेका मेरा बुवा आमालाई मृत्यु दर्ताको प्रमाणपत्र दिने अधिकार गाउँपालिकालाई कसले दियो ’ उनले प्रश्न गरिन, ‘बाँचेका छन् भन्ने थाहा हुँदाहुँदै वडा सचिव र सामाजिक परिचालकले मेरा अभिभावकलाई मृत्यु दर्ताको प्रमाणपत्र थमाउन कसरी मिल्छ ?

असार २७ गते बाँडिएको वृद्धभत्ता लिन गएका दम्पतीलाई मृत्यु दर्ताको प्रमाण पत्र दिएपछि तनाव भएको छ । एकातिर जिउँदै भएका व्यक्तिलाई मरेको भनेर पीडा दिइएको छ भने अर्को्तिर गाउँपालिकाले वृद्धवृद्धाको जीउने अधिकारमाथि सोझै हस्तक्षेप गरेको छ ।

गाउँमा रहेका अधिकारीका दाजु रेशम खत्रीलाई आमाको किरीया खर्च भनेर दुई हजार दिन खोजेका रहेछन,’ तर खत्रीले जिउँदै भएकी आमको किरिया खर्च कसरी लिउँ भनेर भनेको जनाइएको छ ।

यता गाउँपालिका अध्यक्ष दानबहादुर थापाले समस्या समाधान गर्ने भनेर आश्वासन दिएको बताइन्। गरीब तथा सर्वसाधारणले गाउँका सिंहबाट कस्तो न्याय मिल्ला भन्ने उनको प्रश्न थियो । भगवतीमाई गाउँपालिका अध्यक्ष थापाले आइटी अफिसर देवेन्द्र सिंहलगायतको बारेमा छानविन गरिरहेको बताएका छन् । आफुले भर्खर थाहा पाएकोले छानविन गरिरहेको र गल्ती गर्नेलाई कारवाहीहुने समेत बताएका छन् ।

गाउँपालिकाले दिएको यस्तो छ प्रमाणपत्र : 

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...