News Portal

  • गाउँपालिकाले दियो जिवित मान्छेलाई मृत्यु दर्ताको प्रमाणपत्र !

    हिमाली संचार संवाददाता
    १०२१ पटक

    कष्ण प्रसाद अधिकारी
    दैलेख, ३ साउन : दैलेख जिल्लाको भगवतीमाई गाउँपालिकामा जिवित ब्यक्तिलाई मृत्यु दर्ताको प्रमाण पत्र दिएको छ। जिवितै रहेका भगवतीमाई गाउँपालिकाको वडा नं. ४ का मनिराम खत्री र उनकी श्रीमतीलाई मृत्यु दर्ताको प्रमाणपत्र बुझाइएको हो।

    ‘गएको मंसिरमा हाम्रो परिवार बसाइसराईं गरी बाँसगढी नगरपालिका आएको थियो,’ पीडितकी छोरी नानकला अधिकारीले भनिन ‘उतिबेला वृद्धभत्ताका लागि कागजात मिलाइदिन भनेर बुवाआमाले गाउँपालिकामा कागजात पेश गर्नुभएको थियो।

    असार १० गते मनिरामका दुवैजनालाई मृत्यु दर्ताको कागजात थमाइएको थियो गाउँका सोझा लेखपढ समेत नगरका दम्पतिलाई मृत्यु के मृत्यु के बसाईसराई थाहा नै भएन । उनीहरु निरीह भएर घर फर्किए । ‘वृद्ध भत्ताका लागि बाँसगढी नगरपालिका र भगवतीमाई गाउँपालिकामा धेरै धाइयो,’ छोरी नानकलाले भनिन्, ‘ माग सम्वोधन भएन ।

    उनले वडा सचिव कृष्णबहादुर शाही र सामाजिक परिचालक ज्ञानबहादुर थापाका कारण यस्तो सास्ती भोग्नुपरेको आरोप लगाइन् । ‘बाँचेका मेरा बुवा आमालाई मृत्यु दर्ताको प्रमाणपत्र दिने अधिकार गाउँपालिकालाई कसले दियो ’ उनले प्रश्न गरिन, ‘बाँचेका छन् भन्ने थाहा हुँदाहुँदै वडा सचिव र सामाजिक परिचालकले मेरा अभिभावकलाई मृत्यु दर्ताको प्रमाणपत्र थमाउन कसरी मिल्छ ?

    असार २७ गते बाँडिएको वृद्धभत्ता लिन गएका दम्पतीलाई मृत्यु दर्ताको प्रमाण पत्र दिएपछि तनाव भएको छ । एकातिर जिउँदै भएका व्यक्तिलाई मरेको भनेर पीडा दिइएको छ भने अर्को्तिर गाउँपालिकाले वृद्धवृद्धाको जीउने अधिकारमाथि सोझै हस्तक्षेप गरेको छ ।

    गाउँमा रहेका अधिकारीका दाजु रेशम खत्रीलाई आमाको किरीया खर्च भनेर दुई हजार दिन खोजेका रहेछन,’ तर खत्रीले जिउँदै भएकी आमको किरिया खर्च कसरी लिउँ भनेर भनेको जनाइएको छ ।

    यता गाउँपालिका अध्यक्ष दानबहादुर थापाले समस्या समाधान गर्ने भनेर आश्वासन दिएको बताइन्। गरीब तथा सर्वसाधारणले गाउँका सिंहबाट कस्तो न्याय मिल्ला भन्ने उनको प्रश्न थियो । भगवतीमाई गाउँपालिका अध्यक्ष थापाले आइटी अफिसर देवेन्द्र सिंहलगायतको बारेमा छानविन गरिरहेको बताएका छन् । आफुले भर्खर थाहा पाएकोले छानविन गरिरहेको र गल्ती गर्नेलाई कारवाहीहुने समेत बताएका छन् ।

    गाउँपालिकाले दिएको यस्तो छ प्रमाणपत्र : 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओलीको जलेको घर मर्मत नहुने, गुण्डुमा ‘ओली कुटी’ बनाइने

    काठमाडौं, कार्तिक ५ – नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित जलेको घर...

    छठ पूजाका लागि सुप्पा बनाउन व्यस्त

    रविन्द्र बराल/ मोरङ, कार्तिक ५ – हिन्दु धर्मावलम्बीहरूको तेस्रो महान पर्व छठ नजिकिँदै जाँदा पर्वमा प्रयोग...

    भक्तपुरका दुईथरी ‘थ्रेट’मा सरकारको निगरानी कडा

    काठमाडौं, कार्तिक ५ – गृह मन्त्री ओमप्रकाश अर्यालले भक्तपुरका दुईथरी ‘थ्रेट’लाई नियन्त्रण गर्न सरकारले कडाइका...

    जेनजी आन्दोलनका घाइते र प्रधानमन्त्रीबीच बैठक निष्कर्षविहीन

    काठमाडौं, कार्तिक ५ – जेनजी आन्दोलनमा घाइते भएका युवा र प्रधानमन्त्रीबीच हिजो बालुवाटारमा भएको बैठकले...

    तोकिएकै समयमा निर्वाचन हुनुपर्छ : प्रचण्ड

    जनकपुरधाम, कात्तिक ५ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मितिमै आगामी...