News Portal

नरहरिनाथका कर्मचारीबाट सेवा प्रवाहमा ढिलाई, स्थानीयलाई सास्ती !

हिमाली संचार संवाददाता
१०५७ पटक

कालिकोट, ३ साउन : कालिकाेट जिल्लाकाे नरहरिनाथ गाउँपालिकामा पछिल्लाे समयमा कर्मचारीबाट जनताकाे दैनिक सेवा प्रवाहमा ढिलाइ भएकाे छ । भाैगाेलिक तथा जनसंख्याका हिसावले जिल्लाकै सबैभन्दा ठुलाे गाउँपालिका हाे । गाउँगाउँमा सिंहदरबारकाे अनुभूति हुनुपर्नेमा सिंह मात्र अाएकाे तर दरबार नअाएकाे साे गाउँपालिकामा करारमा कार्यरत कम्प्युटर अपरेटर खगेन्द्र बुढाले जानकारी दिएका छन् ।

अा.व.०७५/०७६ काे अन्तिम भुक्तानी लिन अाएका विभिन्न उपभोक्ता तथा सेवाग्राहीलाई कर्मचारीहरुले दिनुसम्म सास्ती दिएका छन् । हप्ताै दिनसम्म भुक्तानीकाे लागि गाउँपालिकामा बसिराखेका सेवाग्राहीलाई साे गाउँपालिकाका सहलेखापाल हिरासिंह बाेहाेराले कागजातहरु नमिलेकाे भन्दै काममा ढिलाइ गरेका छन् ।

चिनेजानेका र खासखुस मिल्न गएका सेवाग्राहीहरुकाे काम मात्र छिटाे हुने गरेकाे छ । प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षकाे कुनै कुरा नसुनी अाफ्नाे मनाेमानी ढंगले कार्यालयका कामकाजहरु गरेकाे बुढाले अाराेप लगाएका छन् । करारमा राखेका कर्मचारीलाई फरक व्यबहार समेत गर्ने गरेकाे बुढाले जानकारी दिए।

अार्थिक बर्ष ०७५/०७६ बितिसक्दा पनि ६ महिनाकाे तलव नपाएकाे बुढाले दुखेसाे व्यक्त गरेका छन् । भुक्तानीकाे समयमा असारमा अन्तिम भुक्तानीकाे बेला गाउँपालिकाका ईन्जिनियर र सव-ईन्जिनियर सुरक्षा भएन भन्दै भागेपछि गाउँपालिकाकाे सेवा प्रवाहमा झन समस्या बढेकाे हाे । कर्मचारीकाे अभावमा खरिदार स्तरका कर्मचारीहरु हाकिम हुन पाए पछि अाफुले चाहेकाे गरिछाड्ने प्रबृत्ति गाउँमा चल्दै अाएकाे छ । लेखा प्रमुखकाे दरबन्दीमा सह लेखापालले काम काज गर्दा समेत कामकाजमा भार पर्न गएकाे हाे ।

कार्यपालिकाले निर्णय गर्ने, कर्मचारीले त्यसकाे कार्यान्वयन गर्ने हाे। ठिक उल्टाे भएकाे छ, याे गाउँपालिकामा कर्मचारीले जनप्रतिनिधिले गरेकाे निर्णयलाई किच्ने काम भईरहेकाे छ । जनताले गाउँमा सिंहदरबारकाे अनुभूति गर्ने अाशा अाशा मै सिमित रहने प्रायः निश्चित छ ।

प्रतिकृया दिनुहोस्

महाप्रसाद वितरण गर्दै मनाइयो मारवाडी युवा दिवस

रंगेली (मोरङ)- मारवाडी युवा दिवसको अवसरमा रंगेली–७ स्थित मुख्य बजारमा रहेको श्री काली मन्दिरमा शनिबार...

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...