News Portal

ठकुरी सहयोग संजाल प्रदेश ५ द्वारा बुद्धमूर्ति तोडफोडको बिरोध

हिमाली संचार संवाददाता
५३२ पटक

काठमाडौं, २ साउन : ठकुरी सहयोग संजाल प्रदेश नं ५ ले रुपन्देहीको सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाँमिलसम्म रहेका ५ वटा बुद्धमूर्ति तोडफोडको बिरोध गरेको छ।

प्रदेश नं ५ मा रहेको सद्भावलाई बिथोलन प्रयास भएको र यस्तो कार्य गर्नेलाइ अनुसन्धान गरि कडाभन्दा कडा कारवाही गर्न प्रदेश प्रहरी प्रमुखलाई माग तथा दबाब दिईएको संजाल प्रदेश नं ५ का प्रमुख संयोग जंग शाहले बताए।

रूपन्देहीको तिलोत्तमा नगरपालिका– ६ स्थित बुटवल बेलहिया सडक खण्डको ६ लेन सडकको डिभाइडरमा राखिएका बुद्धका मूर्ति तोडफोड गरिएकोप्रति गम्भीर ठकुरी सहयोग संजाल प्रदेश ५ ले प्रदेश पाँचमा रहेको सद्भाव बिथोल्ने प्रयास भन्दै बिरोध जनाएको हो ।

ठकुरी सहयोग संजालले यो घटना देशको गरिमा र धर्म माथिको आक्रमण हो भनेको छ। रुपन्देहीको सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाँमिलसम्म रहेका ५ वटा बुद्धमूर्ति तोडफोड भएको प्रहरीले पुष्टि गरी घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

गौतम वुद्धको जन्मस्थान लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा ६ वटा बुद्धमुर्ति स्थापना गरेको थियो। जम्मा ६ वटा मूर्तिमध्ये ५ मुर्तिमा क्षति पुगेको छ। एउटा मूर्ति राख्नका लागि ५० देखि ६० हजार खर्च भएको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले बताए।

प्रतिकृया दिनुहोस्

महाप्रसाद वितरण गर्दै मनाइयो मारवाडी युवा दिवस

रंगेली (मोरङ)- मारवाडी युवा दिवसको अवसरमा रंगेली–७ स्थित मुख्य बजारमा रहेको श्री काली मन्दिरमा शनिबार...

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...