News Portal

ठकुरी सहयोग संजाल प्रदेश ५ द्वारा बुद्धमूर्ति तोडफोडको बिरोध

हिमाली संचार संवाददाता
५७१ पटक

काठमाडौं, २ साउन : ठकुरी सहयोग संजाल प्रदेश नं ५ ले रुपन्देहीको सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाँमिलसम्म रहेका ५ वटा बुद्धमूर्ति तोडफोडको बिरोध गरेको छ।

प्रदेश नं ५ मा रहेको सद्भावलाई बिथोलन प्रयास भएको र यस्तो कार्य गर्नेलाइ अनुसन्धान गरि कडाभन्दा कडा कारवाही गर्न प्रदेश प्रहरी प्रमुखलाई माग तथा दबाब दिईएको संजाल प्रदेश नं ५ का प्रमुख संयोग जंग शाहले बताए।

रूपन्देहीको तिलोत्तमा नगरपालिका– ६ स्थित बुटवल बेलहिया सडक खण्डको ६ लेन सडकको डिभाइडरमा राखिएका बुद्धका मूर्ति तोडफोड गरिएकोप्रति गम्भीर ठकुरी सहयोग संजाल प्रदेश ५ ले प्रदेश पाँचमा रहेको सद्भाव बिथोल्ने प्रयास भन्दै बिरोध जनाएको हो ।

ठकुरी सहयोग संजालले यो घटना देशको गरिमा र धर्म माथिको आक्रमण हो भनेको छ। रुपन्देहीको सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाँमिलसम्म रहेका ५ वटा बुद्धमूर्ति तोडफोड भएको प्रहरीले पुष्टि गरी घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

गौतम वुद्धको जन्मस्थान लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा ६ वटा बुद्धमुर्ति स्थापना गरेको थियो। जम्मा ६ वटा मूर्तिमध्ये ५ मुर्तिमा क्षति पुगेको छ। एउटा मूर्ति राख्नका लागि ५० देखि ६० हजार खर्च भएको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...