News Portal

गायक बद्री पंगेनीविरुद्ध उजुरी !

हिमाली संचार संवाददाता
९८० पटक

काठमाडौं, २ साउन : चर्चित लोक दोहोरी गायक बद्रि पंगेनीमाथि ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ । पंगेनीसहित उनका साथीहरु विजय सिंह र सुवास अधिकारीविरुद्ध ज्यान मार्ने धम्की दिएको आरोप लागेको हो । ज्यान मार्ने धम्की दिएको भन्दै सितापाईलाका निमा दोर्ची शेर्पाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् ।

तिनै जनाले सञ्चालन गरेको निरमाया दोहोरी साँझको सजावटका लागि निमाको फर्निचर उद्योगले ५५ लाख रुपैयाँ बराबरको काम गरेको थियो । १२र१३ लाख रुपैयाँ दिएर बाँकी पैसा माग्दा विजय सिंहले धम्की दिने गरेको भन्दै सुरक्षाको माग गर्दै निवेदन दिएको निमाले बताए ।

पैसा माग्दा विजयले ‘मलाई चिनेको छस् तलाई म देखाईदिन्छु, म धेरै पावरलावा मान्छे हुँ’ जस्ता धम्की दिनेगरेको निमाको भनाई छ । बद्रिले धम्की नदिएपनि दोहोरी साँझमा उनको पनि शेयर रहेकाले तिनै जना सञ्चालकविरुद्ध उजुरी दिएको बताए ।

प्रतिकृया दिनुहोस्

महाप्रसाद वितरण गर्दै मनाइयो मारवाडी युवा दिवस

रंगेली (मोरङ)- मारवाडी युवा दिवसको अवसरमा रंगेली–७ स्थित मुख्य बजारमा रहेको श्री काली मन्दिरमा शनिबार...

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...