News Portal

गायक सुमन कुमारको गीत ‘जिस्काउँथे म, उ दंग पर्थि’ सार्वजनिक [भिडियो सहित]

हिमाली संचार संवाददाता
५२४ पटक

काठमाडौं : युवा व्यवसायी एँव सुमधुर स्वरका धनी गायक सुमन कुमार श्रेष्ठको एकल गीतिएल्बम “विहानी -४” को अडियो तथा भिडियो सार्वजनिक गरिएको छ। विन्धवाशिनी म्युजिक र बिन्दु हार्डवेयरको संयुक्त आयोजनामा काठमाडौँको नयाँ वानेश्वरस्थित इन्द्रणी वैंक्युटको हलमा एक भव्य लोकार्पण कार्यक्रमकाबीच शनिवार विमोचन गरिएको हो ।

बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द एंव बरिष्ठ संगीतकार दिपक जंगमको संगीत रहेको ‘जिस्काउथे म, उ दंग पर्थि’ बोलको गीतमा सुमन कुमार श्रेष्ठको एकल स्वर रहेको छ ।

दिनेश डिसीको निर्देशन रहेको उक्त गीतको भिडियोमा गायक श्रेष्ठसहित केकी अधिकारी, महेश खड्का, दिनेश डिसी, विनोद परियार, अनुरोध अधिकारी आदिको अभिनय रहेको छ ।

नेपाली संगीत क्षेत्रका करिब ३०० जना हस्तिहरुको विच साँझ ६ वजे सुरु गरिएको कार्यक्रममा गायक श्रेष्ठकी आमा सावित्रिदेवी श्रेष्ठ, बरिष्ठ संगीतकार दिपक जंगम, बरिष्ठ गीतकार दिनेश अधिकार र गायक श्रेष्ठले एकैसाथ संयुक्त रुपमा एल्बमको विमोचन गरेका थिए।

ब्याकअप ब्याण्डको बाद्यवादनमा एकल प्रस्तुति दिएका सुमनकुमारले “टोपी लाए पनि हुन्छ”, “यो मन”, “खाएको कसमको लाज राख्नु है”, “मुटु चोरी लाने माया” लगायतका ६ गीत प्रस्तुत गरिरहँदा दर्शकदीर्घामा रहेका रामकृष्ण ढकाल देखी रामचन्द्र काफ्ले, कुन्ति मोक्तान देखी संगीतकार महेश खड्कासम्मले श्रेष्ठको स्वरको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रममा बरिष्ठ गीतकार राजेन्द्र थापाले श्रेष्ठको वायोग्राफि भिडियो सार्वजनिक गरेका थिए । विन्धवाशिनी म्युजिकको वजार व्यवस्थापन रहेको उक्त गीतको भिडियो युटुवमा समेत सोही समयमा सार्वजनिक गरिएको थियो ।

नेपालकै सबैभन्दा ठुलो मल्टिब्राण्ड स्वरुम भनिएको विन्दु हार्डवेएर एण्ड सेनेटरीका प्रवन्ध निर्देशक रहेका श्रेष्ठ उक्त गीत लोकार्पण कार्यक्रममा भएको सहभागिता र उक्त गीतमा आएको प्रतिक्रियाले आफू अत्यन्त खुशी भएको बताउछन्। श्रेष्ठको यो सातौँ गीती एल्बम हो।

गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...