News Portal

  • विपद व्यवस्थापन कार्यमा एकिकृत रुपमा लाग्न मुख्यमन्त्री शाहीद्वारा निर्देशन

    वाढीपहिरोमा परि ज्यान गुमाउने मृतकका परिवारलाई १ लाख राहत रकम दिने।

    हिमाली संचार संवाददाता
    ४४० पटक

    सुर्खेत, ३० असार : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रभावकारी रुपमा विपद व्यवस्थापनका कार्यमा लाग्न निर्देशन दिनुभएको छ । कर्णाली प्रदेश विपद व्यवस्थापन परिषदको सोमवार सम्पन्न वैठकमा वोल्दै मुख्यमन्त्री शाहीले फरक फरक प्रदेशमा फरक फरक विशेषताको विपदको समस्या रहेको वताउनुभयो । उहाँले कर्णाली प्रदेशको सापेक्षता अनुसारको विपद प्रतिकार्य योजनाको आवश्यक रहेको वताउनुभयो।

    मुख्यमन्त्री शाहीले वर्षायामको शुरु संगै विपदका घटनाहरु बढिरहेको वताउदै सरकारका सवै संयन्त्र एकिकृत रुपमा उद्धार तथा व्यवस्थापनका कार्यमा लाग्नुपर्ने वताउनुभयो । विपद प्रभावितहरुको तत्काल उद्धार, उपचार, आवास तथा खाद्यान्नको प्रवन्धका लागि सवै निकाय एकिकृत रुपमा परिचालन हुनुपर्ने मुख्यमन्त्री शाहीको भनाई छ ।

    मुख्यमन्त्री शाहीले सरकारको तर्फवाट उद्धार तथा विपद व्यवस्थापनको कार्यमा कुनै पनि समस्या आउन नदिने प्रतिवद्धता व्यक्त गर्दै त्यसको लागि उद्धार तथा अन्य सामाग्रीको अभाव भएमा तत्काल सरकारलाई जानकारी दिन आग्रह गर्नुभयो ।

    उद्धारका लागि तिनवटै सुरक्षा निकायको टोलीलाई युनिफाईड कमाण्डमा परिचालन गरिएमा प्रभावकारी हुने वताउदै मुख्यमन्त्री शाहीले त्यस्तो व्यवस्था गर्न सुरक्षा निकायलाई आग्रह गर्नुभयो ।

    मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश भित्रका कुनै पनि मुख्य राजमार्ग वाढीपहिरोका कारण अवरोध उत्पन्न हुन नदिन निर्देशन गर्नुभएको छ । उहाँले राप्ती लोकमार्ग, कर्णाली लोकमार्ग तथा जाजरकोट डोल्पा सडकमा डोजर सहितको टोलीलाई ४० किलोमीटरको दुरीमा क्याम्प खडा गरेर वस्ने व्यवस्था मिलाउन भौतिक पुर्वाधार मन्त्रालयलाई निर्देशन गर्नुभएको छ।

    बाढीपहिरोका कारण आवागमण रोकीनु हुदैन, वाढीपहिरोको समस्या आउने वित्तिकै सुचारु हुनुपर्छ – मुख्यमन्त्री शाहीले वताउनुभयो। त्यसैगरि कर्णालीका दुर्गम जिल्लामा उद्धारकार्यलाई प्रभावकारी वनाउन सुर्खेतमा एउटा हेलीकोप्टर तयारी अवस्थामा रहने व्यवस्था गर्न पनि उहाँले निर्देशन गर्नुभएको छ ।

    डोल्पा लगायतका जिल्लामा वाढीपहिरोमा परि ज्यान गुमाएका मृतकका परिवारलाई प्रति परिवार १ लाख रुपैया राहात दिने पनि प्रदेश विपद व्यवस्थापन परिषदले निर्णय गरेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...