News Portal

तपाईंको राशिफल : आज २०७६ साल असार ३० गते सोमबार, सन २०१९ जुलाई १५ तारीख

हिमाली संचार संवाददाता
४३६ पटक

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसरका लागि केही दौडधुप गर्नुपर्ला। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व पनि बढ्नेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।

बृष – Taurus

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ्य कमजोर रहनाले लक्ष्यमा पुग्न समस्या पर्नेछ। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। आँटेको काम समयमा नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। उपलब्धिका लागि केही दिन प्रतीक्षा गर्नुपर्ला।

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, ह
माहोल रमाइलो रहनेछ। प्रयत्न गर्दा आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामकाे यश लिने अवसर छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। तर, मनोरञ्जनमा अलमलिँदा चिताएको काम रोकिन सक्छ। शुभचिन्तकहरूले साथ दिन छाड्नेछन्। बलजफ्ती गर्ने बानीले वादविवाद निम्त्याउन सक्छ, सजग रहनुहोला।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। व्याहारिक समस्याले याेजना रोकिन सक्छ। कामकाे चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले अग्रता दिलाउन सक्छ।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
समयको मागलाई विचार गरेर अघि बढ्नुहोला। बिस्तारै कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउन सक्छ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। शुभचिन्तकहरूले साथ दिए पनि आफ्नै सक्रियताले मात्र दिगो लाभ उठाउन सकिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ।

कन्या – Virgo

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। तापनि, मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मिहिनेतले फाइदा दिलाउनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुपर्ला।

तुला – Libra

र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसर आए पनि बेलामा होस नपुर्याउँदा समस्या आउनेछ। आत्मविश्वासको कमीले पछि परिनेछ। परिस्थितिले सोचेभन्दा फरक मोड लिने हुँदा सञ्चित रकम खर्चनुपर्ला। सामान्य आम्दानी भए पनि काम पूर्ण सम्पादन नहुन सक्छ। आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। शुभचिन्तकलाई बेवास्ता गर्दा पनि दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ।

बृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु
ढिलै भए पनि रचनात्मक काममा जुट्ने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुनेछ। व्यापारमा सामान्य फाइदा हुनेछ। गरिएका कर्मको प्रतिफल पाइनेछ। तर, हिसाबकिताबमा होसियार रहनुहोला। सम्पादित कामबाट मनग्गे धन लाभ हुनेछ। मिहिनेतले आम्दानी बढ्नेछ भने पछि फाइदा हुने काममा सम्झौता हुन सक्छ।

धनु – Sagittarius

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढ्नेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। तर आगन्तुकले अलमल्याउने हुँदा काममा विलम्ब हुनेछ। आलस्य गर्ने बानीले पनि अलि पछि परिनेछ।

मकर – Capricorn

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आकस्मिक कामले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूलाई सरसापट दिनुपर्ने हुन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। अरूलाई समय दिँदा आफू पछि परिनेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। तर करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। दिगो योजना प्रारम्भ गर्ने समय छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ भने उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ।

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला। अवसरका लागि विवादास्पद जिम्मेवारी पनि वहन गर्नुपर्ला। नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न होला। बेसुरमा काम गर्दा समस्या पर्नेछ। तापनि, बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। खर्च लागे पनि कामको जग बसाउने मौका छ।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...