News Portal

नगरपालिकाको सहयोगमा २५ युवायुवतीलाई ७ दिने पत्रकारिता तालिम

हिमाली संचार संवाददाता
५२४ पटक

रबिन्द्र बराल/मोरङ, ३० असार : मोरङको रंगेलीमा ७ दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ। रिपोर्टर्स समुह रंगेलीको आयोजना तथा रंगेली नगरपालिकाको सहयोगमा ७ दिनेे तालिम सम्पन्न भएको हाेे ।

नगरपालिका भित्रका २५ जना युवायुवतीहरुको उक्त ताालिममा सहभागीता भएको थियो। नगरक्षेत्र भित्र पत्रकारिताको विकास गर्ने उद्देश्य सहित कार्यक्रमकाे अायाेजना गरिएको थियोे।

कार्यक्रमकाे प्रमुख अतिथि रंगेली नगरपालिका मेयर दिलीप वगडीया, प्रशासकिय अधिकृत टोम प्रसाद सुवेदी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष कुमोद अधिकारी, उद्घोष दैनिकका सम्पादक मोहन भण्डारी, वरिष्ठ पत्रकार यज्ञ प्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा मेयर वगडीयाले भने रंगेलीमा संचार गृहको आवश्यकता महशुस हुदै गएको बताउदै रंगेलीबाट एफ.एफ. स्टेशन सञ्चालन गर्न नगरपालिका सकारात्मक रहेको समेत बताए। तालिममा सहभागी विधार्थीहरुलाई क्षमता अभिवृद्ध गर्नका लागी थप एक महिने तालिमको व्यवस्थापन गर्ने प्रतिव्द्धता समेत गरेका छन।

त्यसैगरी सहभागी प्रशिक्षार्थीहरुकाे तर्फबाट रोनक कुर्मी र विनोद रेग्मीले तालिमको अनुभाव समेत सुनाएका थिए। तालिममा मुख्य प्रशिक्षकका रुपमा यज्ञ प्रसाद शर्मा, मोहन भण्डारी, महेन्द्र विष्ट, कमल पौडेल र दिपेन न्यौपानेले प्रशिक्षण दिएका थिए। कार्यक्रमकाे सभापतित्वमा रिपोर्टर्स समुह रंगेलीका अध्यक्ष किरण न्यौपानेले गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...