News Portal

विराटनगरमा बाढीप्रभावितको साहरा बन्दै जनप्रतिनिधि, मेयर पराजुली उद्दारमा..

हिमाली संचार संवाददाता
४८४ पटक

रबिन्द्र बराल
मोरङ २९, असार : अबिरल बर्षाका कारण विराटनगरका केही वडाहरु डुवानमा परेका छन्। जसका कारण जनजीवन प्रभावित भएको छ । विराटनगरका वडा नं. १, ६, ७, ११, १२, १५, १६, १८ र १९ का मानिसहरु बाढीवाट प्रभावित भएका छन्। प्रभावित पीडितहरुलाई विराटनगरका विभिन्न विद्यालय तथा सुरक्षित स्थानमा राखिएको छ।

विराटनगर स्थित वडा नं.१ को विजयपुरटोल नयाँबस्ती, पाथिभरा मन्दिरको धर्मशाला र शान्तिचोकमा सेल्टर बनाएर बाढीपिडितहरुलाई राखिएको वडाध्यक्ष उद्धव अर्यालले जानकारी दिनुभयो। वडा नं. ७ मा पानिको सतह घटेपछि शनिवार आफ्नै घरमा बाढीप्रभावित परिवारहरु फर्केको वडाध्यक्ष मधुवावु तिवारीले जानकारी दिनु भयो।

वडा नं. ११ को ब्रमपुरा र धुधुवामा बाढी पिडितहरु रहेका छन्। उनीहरु घर छोड्न नमानेको वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले जानकारी दिनुभयो । वडा नं. १२ को बखरी आधारभूत विद्यालयमा बाढीप्रभावित परिवारहरुलाई राखिएको वडाध्यक्ष हिरालाल कामततले जानकारी दिनुभयो ।

यस्तै वडा नं १६ को मिल्स मावि र हुलास मेटलमा बाढीप्रभावितहरुलाई राखिएको वडाध्यक्ष मनोज सुव्बाले जानकारी दिनुभयो। वडा नं १९ का विभिन्न स्थानमा बाढीप्रभावित रहेको र उनीहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको वडाध्यक्ष बद्रिनारायण सरदारले जानकारी दिनुभयो ।

सेल्टर र विद्यालयमा राखिएका बाढीप्रभावितहरुलाई विराटनगर महानगरले खानपिनको ब्यवस्था मिलाएको छ । बाढी प्रभावितहरुको अबस्था बुझ्ने र संख्या एकिन गर्ने काम भइरहेको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिनु भयो ।

विराटनगरमा राहत तथा उद्धारका लागि विभिन्न सामाजिक संघसंस्थाहरु समेत खटिएका छन् । सबै वडाहरुमा मेयर पराजुली सहित उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी सहितको टोली पुगेर बस्तुगत अबस्था बुझ्ने काम गर्नुका साथै आबश्यक प्रबन्ध मिलाउने गर्ने काममा जुटेको छ ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...