News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सुर्खेत उपत्यका खानेपानी संस्थालाई कर्मचारी नियुक्ति रोक्न उच्च अदालतको आदेश

    हिमाली संचार संवाददाता
    ५२० पटक

    सुर्खेत, २७ असार : सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले विधानविपरित कर्मचारी नियुक्तिको प्रक्रिया अगाडि बढाएकोमा उक्त कार्य रोक्न उच्च अदालत सुर्खेतले अन्तरिम आदेश जारी गरेको छ।

    उक्त विज्ञापन त्रुटिपूर्ण रहेको भन्दै स्किम प्रमुख शिवप्रसाद गौतम लगायतले दिएको रिटमा उच्च अदालत सुर्खेतले गत असार १८ गते अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

    शुक्रवार भएको बहसमा संस्थाले गरेको कर्मचारी नियुक्ति प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको हो। शुक्रवार उच्च अदालतका न्यायाधीश भानुभक्त शर्मा न्यौपाने र नारायणप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश दिएको हो।

    शुक्रवार भएको बहसमा असार १८ गते दिइएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिने सम्वन्धमा छलफलको लागि इजलाससमक्ष पेश हुन आएको रिट निवेदन अध्ययन गरी हेर्दा कर्मचारी नियुक्ति प्रक्रिया अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश मिति २०७६ असार १८ मा जारी भएकोमा कर्मचारी सेवा शर्त नियमावली, २०५९ को नियम ९ र सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था विधान २०५७ को तेस्रो संशोधनसहित २०७३ को नम्बर २० मा भएको व्यवस्था बमोजिम कर्मचारी नियुक्ति प्रक्रिया भए गरेको नदेखिँदा निवेदन पत्रको टुंगो नलागेसम्मका लागि असार १८ गतेको अन्तरिम आदेशलाई उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम निरन्तरता प्रदान गरिएको आदेशमा उल्लेख छ ।

    उक्त आदेशले संस्थालाई यसअघि नै कर्मचारी नियुक्ति प्रक्रिया अगाडि नबढाउन भनेको आदेशलाई निरन्तरता दिएको छ। निवेदकहरुको तर्फबाट अधिवक्ता उत्तम आचार्य, संस्थाका तर्फबाट बरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल र कार्यालय प्रमुख डम्मर गौतमका तर्फबाट अधिवक्ता हिमालयजंग शाहीले बहस गरेका थिए। अधिवक्ता उत्तम आचार्यले अदालतबाट अन्तिम फैसला नहुनेबेलासम्मका लागि कर्मचारी नियुक्ति प्रक्रिया संस्थालाई अगाडि नबढाउन आदेश दिएको बताए ।

    यो पनि पढ्नुहोस।

    सुर्खेतमा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष र कर्मचारीद्धारा पत्रकार माथि दुव्र्यवहार

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ३०, २०८२ (मे १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गृहमन्त्रीको साथी हुँ भन्दै राष्ट्रसेवकलाई धम्क्याउने पक्राउ

    काठमाडौं, वैशाख २९ – गृहमन्त्रीसँग निकट सम्बन्ध रहेको भन्दै विभिन्न सरकारी निकायका कर्मचारीहरूलाई धम्की दिने...

    राजावादीको आन्दोलनविरुद्ध गाउँ–गाउँमै प्रतिवाद गर्न प्रचण्डको आह्वान

    काठमाडौं, वैशाख २९ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजावादी शक्तिहरूको आन्दोलनलाई सुरुमै...

    भारतले सबै विमानस्थल सञ्चालनमा ल्यायो, युद्धविरामपछि सामान्य बन्दै हवाई यातायात

    काठमाडौं, वैशाख २९ – भारत–पाकिस्तानबीच पछिल्लो समय चर्किएको तनाव केही सहज बन्दै गएका संकेत देखिन...

    बीमा रकम हिनामिना प्रकरणमा एक कर्मचारी पक्राउ

    दाङ, वैशाख २९ – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको होलेरीस्थित उपशाखा कार्यालयमा कार्यरत एक कर्मचारी बीमितहरूबाट...