News Portal

सप्तकोशीमा खतराको सङ्केत, ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खुलाइयो

हिमाली संचार संवाददाता
३४५ पटक

सप्तरी-दुई दिनयता निरन्तरको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरुप कोशी ब्यारेजमा रातो झण्डा झुण्ड्याउनुका साथै रातो बत्ती बालिएको छ ।

आज अपराह्नसम्म सप्तकोशी नदीमा पानीको बहाव एक लाख ७२ हजार ६२५ क्युसेक प्रतिसेकेण्ड रेकर्ड गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार नाघेपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो झण्डा र रातो बत्ती बाल्ने गरिन्छ ।

पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालयले र स्थानीय तहले नदी किनार आसपासका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ । वर्षा शुरु भएकाले राहत र उद्धारका लागि जिल्ला विपद् व्यवस्थापन समिति तयार रहेको जानकारी दिनुहुँदै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सम्भावित बाढीबाट जोगिन सर्तकताका लागि आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...