News Portal

बाँकेमा बलात्कारका घटना गुपचुप राख्न चर्को दबाब परेपछि..

हिमाली संचार संवाददाता
४९८ पटक

रूपा गहतराज
नेपालगन्ज : बाँकेको कोहलपुरमा २ बालिकामाथि बलात्कार घटना प्रहरीकै संलग्नतामा मिलापत्र गरिएको पाइएको छ। कोहलपुर नगरपालिका–१५ का १३ र १५ वर्षीया बालिका गत बुधबार बलात्कारमा परेका थिए। उनीहरूलाई आरोपितले ४ लाख रुपैयाँ दिने गरी घटना गुपचुप राख्न दबाब दिएको बताइएको छ ।

घटना मिलाउन ५० हजार रुपैयाँ तत्काल परिवारको जिम्मा लगाइएको र बाँकी रकम साउन १५ सम्म दिने कागज गरिएको छ। अहिले बालिका र परिवारले बलात्कार नभएको दाबी गरेका छन् । बालिकाले पहिला हातपातको प्रयास भएको बताएका थिए।

पीडितमध्येकी एक बालिकाले भने अधिकारकर्मीसँग आफू बलात्कारमा परेको सुनाएकी थिइन् । उनका अनुसार दुवै जनालाई मूल सडकबाट अलगअलग ठाउँ लगिएको थियो। अधिकारकर्मी महिलासँग बालिकाले आफू बलात्कारमा परे पनि साथीलाई बलात्कार भए/नभएको थाहा नपाएको बताएकी थिइन् ।

बलात्कारपीडितले आफूलाई दिसापिसाब गर्न पनि गाह्रो भएको सुनाइन्,’ अधिकारकर्मी ती महिलाले भनिन्। गत बुधबार मोबाइल बिग्रेर बनाउन हल्दारपुर आएका ती बालिकालाई कोहलपुर–१५ का सुवास परियार र हरि परियारले नास्ता खान भनी होटलसम्म लगेका थिए ।

नास्ता खाने क्रममा एक बालिका बेहोस भएपछि उपचारका लागि कौस्लिया अस्पताल पुर्‍याए तर त्यहाँ उपचार नभएपछि दशबिघा लैजाने भन्दै बर्दियाको पचासामा लगी अलपत्र छाडेर भागेको बालिकाहरूले बताए। साथी एक्कासि बेहोस भएपछि अस्पताल पुर्‍यायौं । त्यहाँ उपचार नभएपछि दशबिघा लैजान्छु भनेर बर्दिया पुर्‍याएका थिए,’ एक बालिकाले भनिन्, ‘जति नै रुँदा–कराउँदा पनि मानेनन् ।

हामी दुईलाई एउटै बाइकमा राखेर एउटाले चलायो र अर्कोले पछाडिबाट समातेर त्यहाँ छाडेर आए। राति २ बजे बर्दिया पुर्‍याएको र त्यहाँ भारतीय नागरिकले बाटो रोकेर हातपात गर्न खोजेपछि कराउँदा प्रहरी आई उद्धार गरेको पीडित बालिकाले बताए ।

उनीहरूलाई त्यहाँबाट प्रहरीले कोहलपुर इलाका प्रहरी कार्यालय पुर्‍याएको थियो। पीडक सुवासकी पत्नीले घटना बाहिर ल्याए परिवार नै विष खाएर आत्महत्या गर्ने भनेपछि घटनाबाहिर नल्याएको पीडित पक्षले जनाएको छ । स्रोतका अनुसार इलाका प्रहरी कार्यालय कोहलपुरमा मिलापत्र तयार पार्ने क्रममा वकिल नै बोलाइएको थियो । अहिलेसम्म बालिकाहरूको स्वास्थ्य परीक्षणसमेत गराइएको छैन ।

इलाका प्रहरी कोहलपुरका डीएसपी रमेश सिंहले बालिकाहरूले आफ्नै सहमतिमा घुम्न गएको भनेपछि ती युवकलाई एक दिन हिरासतमा राखी छाडिएको बताए। गम्भीर फौजदारी अपराधलाई कानुनी प्रक्रियाबाट हल गर्नुको साटो पीडित पक्षलाई आर्थिक प्रलोभन देखाई मिलापत्र गराउनु गलत भएको एक अधिकारकर्मीले बताइन् ।

अस्पताल लैजान्छु भन्दै बलात्कार गरेर सीमाक्षेत्रमा पुर्‍याएको हुन सक्ने उनको अनुमान छ । ‘परिवारलाई जति सम्झाउँदा पनि मुद्दा दर्ता गर्न मानेनन् । प्रहरी र वकिल पनि मिलाउन लागे,’ उनले भनिन्, ‘पीडित नै नबोलेपछि अपराध गर्नेलाइ कारबाही प्रक्रियामै लग्न सकिएन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...