News Portal

दुई वर्षअघि सामाखुशीको ढलमा बगेर बाचेकी सत्याले एसइईमा ल्याईन “ए प्लस”

हिमाली संचार संवाददाता
५०९ पटक

ज्योति श्रेष्ठ/काठमाडौं : भाग्यले बाँचेकी १४ वर्षीय सत्या सापकोटाले यस वर्ष एसइईको परिक्षा दिइन्। उनले परीक्षामा “ए प्लस” ल्याएकी छिन्। मृत्युलाई जितेर उनले राम्रो नतिजा ल्याइन्। त्यसकारण पनि साहासी सत्या अहिले प्रतिनिधिपात्र बनेकी छिन्। मृत्युपछिको नयाँ जीवन स्थानीयको सहयोगबाट पाएकी हुन्। जसलाई उनी भग्वान मान्छिन्।

दुई वर्षअघि २०७४ असार ३० गते सामाखुशीमा ढलले बगाए पनि भाग्ले बाँचेकी हुन् सत्या। सामान्य दिनझैं त्यस दिन पनि उनी बृहस्पति विद्या सदनबाट घर फर्कंदै थिइन्। दिनभरि पानी परेको कारण ढिलै छुट्टी भयो। स्कुल बसले सधैं उनी झर्ने ठाउँमै झारिदियो। पानी थामिए पनि सडक पूरै जलमग्न थियो।

उनी दुई पाइला के अघि बढेकी थिइन्। ढलमा परिन्। पानीको भेलले उनलाई बगायो। ‘बाँचुला जस्तो लागेका थिएन। निस्किने प्रयास गरें। सकिनँ। तल्लो चोकमा एक हुल मानिस रहेछन्। उनीहरुले म बगिरहेको देखे। अनएर मलाई बचाए,’ उनले भनिन्। जसले उनलाई बचाएर नयाँ जीवन दिए, उनीहरुलाई उनी भग्वान मान्छिन्। ढलबाट उनलाई सकुशल उद्धार गरियो। शरिरिमा कहीँ कतै चोटपटक लागेको थिएन।

सधैं स्कुलबाट सवा ४ बजेसम्म घर पुग्थिन् तर ५ बज्दा पनि उनी घर नपुग्दा काकी चिन्तामा थिइन्। ‘निथ्रुक्कै भिजेको शरीर, जाडो र डरले थुरथुर काम्दै थिइन्,’ काकीले सम्झिइन्, ‘घरमै भएर पनि घटनाबारे छोरी आएपछि मात्र थाहा पाएँ। सामान्य घटना ठानेकी थिएँ। पछि फेसबुकमा भिडियो देखेपछि त मेरो सातो नै गयो,’ काकी भन्छिन्, ‘उनी ढलमा खसेको भिडियो त भाइरल नै भयो।’ घटना घटेको केही दिनमा उनी खसेको ढल वरपर बार लगाइयो।

घटनाको बारेमा सोधपूछ गर्न धेरै ठाउँबाट फोन आयो। प्रधानमन्त्री कार्यालयदेखि मेयर, पत्रकार, विभिन्न सरोकारवालाका निकाय तथा आफन्तले उनको अवस्था बुझ्न फोन गरे। घटनाप्रति दुःख प्रकट गर्दै उनलाई काठमाडौं महानगरपालिकाले स्वास्थ्य बिमा स्वरुप १ लाख रुपैयाँ प्रदान गर्‍यो। विद्यालयले एक लाख ५० हजार र सम्मानपत्र प्रदान गर्‍यो।

यी सबले उनमा नयाँ ऊर्जा थप्यो। उनी मिहेनत गरेर पढ्न थालिन्। अचेल उनलाई पानी परेको मन पर्दैन। पानी पर्दा उनी घटना घटेको दिनलाई सम्झिन्छिन्। पहिलेदेखि नै उनी पढाइमा अब्बल थिइन्। त्यो घटनाले अझ मेहेनत गर्न हौसला दियो।

राती ११ बजेसम्म र बिहान ४ बजेदेखि नै पढ्ने तालिका बनाइन्। उनी विज्ञान पढ्ने तयारीमा छिन्। ‘मेडिकल सेक्टरमा रुचि छ,’ उनी योजना सुनाउँछिन्। परिवारमा आमाबुबा र भाइ छन्। आमाबुबा र भाइ ११ वर्षदेखि जापानमै छन्। उनी काकाकाकीसँग बस्दै आएकी छिन्। आमाबुबासँग नियमित भेटघाट हुने गरको छ।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...