News Portal

कांग्रेसको केन्द्रिय महाधिवेशन अघि तल्लो तहमा २ पटक अधिवेशन

हिमाली संचार संवाददाता
५५२ पटक

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसको आगामी महाधिवेशन अघि तल्लो तहको दुई पटक अधिवेशन हुने भएको छ । संघीय संरचना अनुसार विधान संशोधन गरेको काग्रेसले अहिले तल्लो तहकोसंरचना निर्माणमा जुटेको छ । अहिले अधिवेशन मार्फत निर्माण हुने टोल तह सम्मको संरचनामा केन्द्रिय महाधिवेशन अगाडी पुनः अधिवेशन हुने छ ।

प्रत्येक चार वर्षमा महाधिवेशन गर्नुपर्ने काग्रेस विधानमा उल्लेख छ । तर, विधानमै एकवर्ष सम्म समय थप गर्न पाउने व्यवस्था छ । यो हिसावले पनि अबको डेढ वर्ष भित्र काग्रेसको १४औं महाधिवेशन गर्नुपर्ने हुन्छ । यहि डेढ वर्षको विचमा काग्रेसको नया संरचना अनुसार बन्ने सबै निकायमा दुई पटक अघिवेशन हुने भएको छ ।

काग्रेस केन्द्रिय सदस्य एवं नियमावली मस्यौदा समितिकी सदस्य इश्वरी न्यौपानेले नेपाल समाचारपत्रलाई जानकारी दिए अनुसार अहिले बन्ने तल्लो तहको सबै संरचना १४औं महाधिवेशन अगाडीको लागि मात्र हो । १४औं महाधिवेशनको लागि फेरी अधिवेशन हुन्छ । ‘अहिले गठन हुने संरचना १४औं महाधिवेशनको लागि होइन । अहिले विधान अनुसार संरचना बनाउने मात्रै हो, अहिले गठन हुने समितिको म्याद केन्द्रिय महाधिवेशन अघि सम्मको लागि मात्र हो, १४औं महाधिवेशन अगाडी पुन अधिवेशन मार्फत यी सबै संरचनामा नेतृत्व चयन हुन्छन’– न्यौपानेले भन्नुभयो ।

पार्टीको केन्द्रिय कार्यसमिति, सिमाङ्कन हेरफेर नभएका जिल्ला कार्यसमिति, सिमाङ्कन परिवर्तन नभएका स्थानीय तहका कार्यसमिति यथावत रहने बाकि रहने बाहेक बाकी रहेको टोल तह सम्म अघिवेशन गरि पार्टी संरचना बनाउनु पर्ने विधानमा उल्लेख छ । टोल, वडा, नगरपालिका, गाउपालिका, प्रदेश, प्रतिनिधिसभा निर्वाचन क्षेत्र समिति, प्रदेश समिति लगाएत तल्लो तहको संरचना अघिवेशन गरि निर्वाचन मार्फत तल्लकाल गठन गर्न काग्रेस नेतृत्वलाई दबाब छ ।

अहिले संघीय संरचना अनुसार गठन गर्नु पर्ने सबै समितिहरुमा तदर्थ समिति बनाउने सभापति शेरवहादुर देउवा पक्षका नेताहरुको भनाई रहेपनि संस्थापन पक्ष इतरका नेताहरुले यसको चर्को विरोध गरिरहेका छन् । दुईदिन अघि नुवाकोट जिल्लाका सभापति जगदिश्वर नरसिंह केसिको घरमा बसेको संस्थापन इतरका शीर्ष नेताहरुको बैठकले पनि विधान विपरित नियमावलीमा केन्द्रिय समितिको निर्णय अनुसार हुने भनि तल्लो तहमा तदर्थ समिति बनाउने बाटो खोल्ने सम्भावना रहेको भन्दै आशंका व्यक्त गरेका थिए ।

नियमावली मस्यौदा समितिकी सदस्य इश्वरी न्यौपानेका अनुसार नियमावली विधान अनुसार नै आउने भन्दै विधान विपरित नियमावली बनाउने कुरा नेताहरुलाई ‘आशंका गर्ने नेताहरुलाई बनको बाघले हैन मनको बाघले खाएको’ बताउनु भएको छ । काग्रेसको संशोधित नियमावली बारे यहि असार २२ गते बस्ने बैठकमा छलफल हुदैछ ।

यस अघि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आगामी भदौको तस्रो सात शुरु हुने दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अगावै विधान अुसारको सबै संरचना बनाउने भन्दै पार्टीको केन्द्रको आधिकारीक धारणा सार्वजनीक गनुृभएको थियो ।

पार्टीको सबै संरचनामा अधिवेशन गरि निर्वाचित समिति बनाउदा त्यो नेतृत्व कार्यकर्ता संग उत्तरदायी हुन्छ र तदर्थ समिति बनाउदा नेतासंगमात्र उत्तरदायी हुने तर्क गर्दै नुवाकोट जिल्ला सभापतिको घरमा जम्मा भएका शीर्ष नेताहरुले पार्टीको विभिन्न विभाग गठन गर्दा पनि सभापति देउवासंग आफ्नो पक्षको सम्मानजनक सहभागिता माग्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...