News Portal

सुर्खेतमा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष र कर्मचारीद्धारा पत्रकार माथि दुव्र्यवहार

हिमाली संचार संवाददाता
६२९ पटक

सुर्खेत, १८ असार : सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देबकोटाले पत्रकारहरुमाथी दुव्र्यवहार गरेका छन । उनले आफुले मात्र अभद्र्ब्यबहार गरेनन कार्यालयका कर्मचारी समेत प्रयोग गरी पत्रकारहरु माथि दुव्र्यवहार गरेका छन । कार्यालयका कर्मचारी गणेश खनाल, खिमलाल देवकोटा, मिना रेग्मी लगायतका कर्मचारिले रिपोटिङ्गका लागि कार्यालय पुगेका पत्रकारहरुमाथि हातपात गदैै क्यामरा र ट्रयापड समेत फालेका छन ।

अध्यक्ष देवकोटाले अहिले आफुले केही नबताउने भन्दै पत्रकार बुद्धि सिंह ठकुरी, नवराज रोकाय र क्यामरापर्सन भीम परियारलाई दुव्र्यवहार गरेका हुन । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा प्रक्रिया मिचेर विज्ञापन खोलिएको भन्दै स्किम समितिका पदाधिकारीहरुले उच्च अदालत सुर्खेतमा मंगलवार रिट निवेदन दर्ता गराएको सम्बन्धमा जानकारी लिन पुगेका पत्रकारहरुमाथि संस्थाका कर्माचारी प्रयोग गरी अध्यक्ष देबकोटाले यस्तो दुव्र्यवहार गरेका हुन ।

मुल समितिले आबश्यक प्रक्रिया बिनै सुचना खोलेको र १५ दिने सूचनालाई लुकाएर अन्तिम दिनको साँझमात्र सुचना टाँस गरेको स्किम पदाधिकारीले आरोप लगाएका छ्न । गत जेठ ३२ गते संस्थाको मूल समितिको बैठकमा ज्यालादारीमा रहेकालाई करारमा, करारमा रहेकालाई स्थायी गर्ने, सहमतिका आधारमा बढुवा नभएकालाई बढुवा गर्ने लगायतको निर्णय भएपनि कार्यान्वयन नभएको आरोप छ ।

एक महिने सूचनाको म्यादलाई एकाएक कार्यबिधि सच्याएर १५ दिनमा झारिएको, असार १५ गते म्याद सकिने सो विज्ञापन असार १४ गते साँझ मात्र टाँस गरिएको र दुई तह बढुवाका लागि लिखित परीक्षा विनानै मौखिक परिक्षा मात्र राखेर प्रक्रिया मिचिएकोले परामादेशको माग गर्दै उच्च अदालत सुर्खेतमा स्किम पदाधिकारीले दायर गरेकोे रिट निवेदन उपर उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश रमेश पोखरेलको एकल आदेशले २०७६ साल असार २७ गते भित्र प्रमाण र कारण सहित अदालतमा उपस्थित हुन भनिएको छ ।

यसै विच घटना प्रति नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यो घटनाले प्रेस स्वतन्त्रता माथीको ठाडो हस्तक्षेप भएको र नागरिकले सुचना पाउने अधिकारबाट बन्चित नगराउन महासंघको ध्यानाकर्षण भएको अध्यक्ष गणेश कन्चन भारती र सचिब सुदिप पुरीद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...