News Portal

  • सुर्खेतमा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष र कर्मचारीद्धारा पत्रकार माथि दुव्र्यवहार

    हिमाली संचार संवाददाता
    ५६३ पटक

    सुर्खेत, १८ असार : सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देबकोटाले पत्रकारहरुमाथी दुव्र्यवहार गरेका छन । उनले आफुले मात्र अभद्र्ब्यबहार गरेनन कार्यालयका कर्मचारी समेत प्रयोग गरी पत्रकारहरु माथि दुव्र्यवहार गरेका छन । कार्यालयका कर्मचारी गणेश खनाल, खिमलाल देवकोटा, मिना रेग्मी लगायतका कर्मचारिले रिपोटिङ्गका लागि कार्यालय पुगेका पत्रकारहरुमाथि हातपात गदैै क्यामरा र ट्रयापड समेत फालेका छन ।

    अध्यक्ष देवकोटाले अहिले आफुले केही नबताउने भन्दै पत्रकार बुद्धि सिंह ठकुरी, नवराज रोकाय र क्यामरापर्सन भीम परियारलाई दुव्र्यवहार गरेका हुन । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा प्रक्रिया मिचेर विज्ञापन खोलिएको भन्दै स्किम समितिका पदाधिकारीहरुले उच्च अदालत सुर्खेतमा मंगलवार रिट निवेदन दर्ता गराएको सम्बन्धमा जानकारी लिन पुगेका पत्रकारहरुमाथि संस्थाका कर्माचारी प्रयोग गरी अध्यक्ष देबकोटाले यस्तो दुव्र्यवहार गरेका हुन ।

    मुल समितिले आबश्यक प्रक्रिया बिनै सुचना खोलेको र १५ दिने सूचनालाई लुकाएर अन्तिम दिनको साँझमात्र सुचना टाँस गरेको स्किम पदाधिकारीले आरोप लगाएका छ्न । गत जेठ ३२ गते संस्थाको मूल समितिको बैठकमा ज्यालादारीमा रहेकालाई करारमा, करारमा रहेकालाई स्थायी गर्ने, सहमतिका आधारमा बढुवा नभएकालाई बढुवा गर्ने लगायतको निर्णय भएपनि कार्यान्वयन नभएको आरोप छ ।

    एक महिने सूचनाको म्यादलाई एकाएक कार्यबिधि सच्याएर १५ दिनमा झारिएको, असार १५ गते म्याद सकिने सो विज्ञापन असार १४ गते साँझ मात्र टाँस गरिएको र दुई तह बढुवाका लागि लिखित परीक्षा विनानै मौखिक परिक्षा मात्र राखेर प्रक्रिया मिचिएकोले परामादेशको माग गर्दै उच्च अदालत सुर्खेतमा स्किम पदाधिकारीले दायर गरेकोे रिट निवेदन उपर उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश रमेश पोखरेलको एकल आदेशले २०७६ साल असार २७ गते भित्र प्रमाण र कारण सहित अदालतमा उपस्थित हुन भनिएको छ ।

    यसै विच घटना प्रति नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यो घटनाले प्रेस स्वतन्त्रता माथीको ठाडो हस्तक्षेप भएको र नागरिकले सुचना पाउने अधिकारबाट बन्चित नगराउन महासंघको ध्यानाकर्षण भएको अध्यक्ष गणेश कन्चन भारती र सचिब सुदिप पुरीद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...