News Portal

चिनजानको डाक्टर सरुवा हुँदा स्थानीयबासीद्वारा चिन्ता व्यक्त

हिमाली संचार संवाददाता
५२४ पटक

बागलुङ, १७ असार : धौलागिरी(अन्चल) अस्पतालमा कार्यरत सिनियर मेडिकल सुपरिटेन्डन्ट डा. सागर राजभण्डारीको राष्ट्रिय क्षयरोग केन्द्र काठमाडौँको निर्देशक पदमा सरुवा भएको छ । केहि वर्ष देखी घरपाईको धौलागिरी(अन्चल) अस्पतालको प्रमुख पदमा रहेर सेवा प्रवाह गरिरहेका डा. राजभण्डारी सरुवा भएको समाचारले स्थानीयबासीहरु चिनजानको डाक्टर सरुवा भएकोमा चिन्ता व्यक्त गरिरहेका छन् ।

चिनजानका डाक्टर समक्ष आफ्ना समस्या राख्न पनि सजिलो थियो, सरसल्लाह लिन पनि हिच्किचाई रहनुपर्ने अवस्था थिएन, भन्दै स्थानीयले, ‘सरकारले राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशक जस्तो गरिमामय पदमा पदस्थापन गरेर महत्वपूर्ण जिम्मेवारी दिएकोमा डा. राजभण्डारीलाई बधाई दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्नु हामी सबैको कर्तव्य भएको बताएका छन् ।

डा. राजभण्डारीले, डा. तरुण पौडेल अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट रहँदा अस्पतालमा मेडिकल अधिकृतको रुपमा सेवा प्रदान गरेका थिए। इबागलुङका अनुसार डा. पौडेलको सरुवा पछी २०७२ सालमा डा. राजभण्डारी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट पदमा सरुवा भएका थिए ।

डा. राजभण्डारी धौलागिरी(अन्चल) अस्पतालमा कार्यरत रहँदा Nick Simons Award (अन्तर्राष्ट्रिय पुरस्कार) तथा डा. तरुण पौडेलले स्थापना गरेको चिकित्साकोष सम्मान समेत प्राप्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुवेतमा घरेलु कामदार ओसारपसारमा संलग्न सुशीला थारू पक्राउ

काठमाडौं — कुवेतमा नेपाली घरेलु कामदार ओसारपसार तथा मानव तस्करीमा संलग्न एक गिरोहका सदस्य पक्राउ...

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...