News Portal

सरकारलाई नेकपाकै प्रमुख सचेतक गुरुङको प्रश्न : नेपाल रहन्छ कि रहँदैन ?

हिमाली संचार संवाददाता
५३० पटक

असार १७, काठमाडौं : सरकारले अगाडि सारेको पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोगसम्बन्धी विधेयकमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले आपत्ति जनाएका छन् । विधेयक अनुसार नेपालमा आणविक भट्टी खोल्न दिने हो भने नेपाल देशै नरहने हो कि भन्ने प्रश्नसमेत नेकपा नेता गुरुङले उठाए ।

विधेयकमाथि सोमबार संसदीय समितिमा भएको छलफलमा सहभागीहरुले आणविक भट्टीका कारण बुद्धको देश अशान्त हुन्छ कि भन्ने थप प्रश्नसमेत उठाए । केही सांसदले चाहिँ विधेयक आवश्यक रहेको बताए ।

शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७५ माथि विज्ञहरुसँग छलफल गरिएको थियो । छलफलमा सांसदहरुका साथै पूर्वस्वास्थ्यमन्त्री, पूर्वराजदूतलगायतलाई निम्त्याइएको थियो ।

छलफलमा नेकपाका प्रमुख सचेतक एवं पूर्वकानुनमन्त्री देव गुरुङले आणविक भट्टी खोल्दा नेपाल रहला कि नरहला भनेर प्रश्न गरे । गुरुङले भने, ‘ठूला देशहरुले आफ्ना देशमा आणविक भट्टी सञ्चालन गर्न नचाहने र तेस्रो मुलुकहरुमा आणविक भट्टी खोल्न प्रोत्साहन गरिरहेका छन् । हामीले पनि त्यसैगरी भट्ट खोल्न थाल्यौं भने नेपाल रहन्छ कि रहँदैन ? यो हाम्रो स्वाभिमानसँग जोडिने विषय हो ।

त्यसैगरी छलफलमा पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका भरत प्रधानले नेपालको अहिलेको आवश्यक कृषि क्षेत्रमा लगानी हो कि आणविक भट्टीमा भन्ने प्रश्न गरे । प्रधानले आणविक भट्टी खोल्दा नेपालमा अशान्ति फैलिने आशंका गरे । ‘बुद्धको देश कतै आणविक भट्टीले अशान्त हुन्छ कि ?’ उनले भने ।

यो विधेयक अध्ययन अनुसन्धानको निम्ति आवश्यक भए पनि आणविक भट्टी नै खोल्ने विषयमा सोच विचार गर्न सुझाव दिँदै प्रधानले भने, ‘हाम्रो आवश्यकता के हो ? यसलाई क्लियर गरौं । हाम्रो अहिलेको आवश्यकता स्वास्थ्य र कृषिमा हो, न्युक्लियर भट्टी अहिले आवश्यक छैन। त्यसैगरी पूर्वराजदूत डा. महेश मास्केले पनि विधेयक ल्याउने नियतमै शंका रहेको बताए ।

छलफलमा सहभागी पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले भने नेपालमा अनुसन्धान केन्द्र सञ्चालनका लागि आणविक भट्टी चाहिने बताए । त्यसैका लागि विधेयक ल्याइएको अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...