News Portal

लुम्बिनी विकास बैकले गर्‍यो संन्सारी मंन्दिरमा सरसफाई

हिमाली संचार संवाददाता
५०७ पटक

रबिन्द्र बराल/ मोरङ : लुम्बिनी विकास बैक रंगेली शाखाले आज रंगेलीका मठ मन्दीरहरुको सरसफाई तथा प्रभातफेरी गरेको छ। शाखा स्थापनाको १० औ वर्ष प्रवेश गरेको अवसरमा बैकले कालि मन्दिर र संसारी माईस्थान मन्दिरको प्राङ्गणमा सरसफाई गरेको हो ।

बैकले प्ले कार्ड सहितको र्याली निकालेर रंगेली बजार, बसपार्क लगायत क्षेत्रको परिक्रम गरी मन्दिरको सरसफाई गरीएको थियो ।

सो अवसरमा रंगेली नगरपालीका उपमेयर केशव कुमारी खराल, लुम्बिनी विकास बैकका साहयक कार्यकारी प्रमुख अधिकृत तिलकराज पाण्डे, बजार व्यवस्थापक प्रमुख दिपक खनाल, रंगेली शाखा प्रमुख दुर्गेश रौनियार, नेकपाका जिल्ला सदस्य मनोज अग्रवाल नेपाली काग्रेस रंगेली नगर सभापति जगरनाथ मण्डल, राष्ट्रिय मारवाडी युवा संगठनका राष्ट्रिय अध्यक्ष बजरङ्ग अग्रवाल, सामुदायीक सेवा केन्द्र रंगेलीका अध्यक्ष मछिन्द्र बहादुर कटुवाल लगायतको सहभागीता रहेको थियो ।

सो अवसरमा लुम्बिनी विकास बैकका साहयक कार्यकारी प्रमुख अधिकृत तिलकराज पाण्डेले ४० प्रतिशत नेपालीहरु अझैपनि बैकिङ्ग पहुच भन्दा बाहिर रहेकाले अहिले नेपाल राष्ट्र बैकले वित्तिय साक्षरतालाई बढी जोड दिएकाले वित्तिय जनजागरणका लागी प्रभातफेरी र सरसफाई गरिएकोे बताए ।

रंगेली शाखा प्रमुख दुर्गेश रौनियारले आर्थिक समृद्धी र सुरक्षाका लागी बैकिङ्ग कारोवार सुरक्षीत भएकाले सामाजिक उत्तरदायित्व सहित आम नगरबासी सहितको सहभागीतामा सरसफाई कार्यक्रम गरिएको बताए ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...