आज : २०२६-०६-०८, सोमबार

मनभित्रको कुरा !

कति याद आको होला घरको अनि गाउँको?
दिलभित्र तिम्रै तस्बिर धड्कन तिम्रै नाउको

बिदेशीको तीतो बोली, बचन कांँडा जस्तै
मिठो बोली तिम्रो याद नयन गाढा उस्तै

जहा गयो आफ्नै कथा लेखिदिन्छ कर्म
कस्ले मेरो पीडा, कस्ले बुझ्ला मर्म

तिमी टाढा भएपनि मन भित्र भित्र
सजाएर राखेको छु तिम्रै मानचित्र

भेट भए कस्तो हुन्थ्यो बोली सुन्दा मख्खै
तिम्रो तन पगालेर माया गर्थे पक्कै।।

छबिराम सुनार (निर्दोष)
बौदीकाली २ नवलपुर
हाल : कुवेत