आज : २०२६-०६-०८, सोमबार

~~~ गजल ~~~

उ टेकेर बैसाखी उपचार पर्खिरहेको छ
लडाकु बर्षौ देखि नेता गद्दार पर्खिरहेको छ

उल्टै आज शिकारी शिकारको पन्जामा पर्यो
ती भोका लालाबाला सिकार पर्खिरहेको छ

दिएर पनि उपहार आमाले सृष्टि हातमा
यो दुनियाँ कस्तो उपहार पर्खिरहेको छ

देह त मृत्युको नजिक रहेछ पुगिसकेको
आत्मा कसैलाई लगातार पर्खिरहेको छ

खडेरी सङ्गै ढुङ्गा र धारको प्रेम भत्कियो
परदेशियो माझी किनार पर्खिरहेको छ।।

कुमारी चेम्जोङ्ग
हल्दिबारी, झापा