News Portal

शेरधन राई भोजपुरको मात्रै मुख्यमन्त्री बने : प्रमुख सचेतक कार्की

हिमाली संचार संवाददाता
४८० पटक

विराटनगर : नेपाली कांग्रेसले आगामी आर्थिक बर्षको बजेटमा मुख्यमन्त्री शेरधन राईले आफ्नो जिल्ला भोजपुरमा ठूला योजना र कार्यक्रम केन्द्रित गरेको आरोप लगाएका छन्। बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भौतिक पुर्वाधार विकास मन्त्रालय र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेशभरीको बजेट भोजपुर जिल्लामा केन्द्रित गरेको आरोप लगाएका हुन् ।

‘सरकारले ल्याएको बजेटमा मुख्यमन्त्रीलाई भोजपुर जिल्लाको समन्वय समितिको सभापति पो लगेर राख्न खोजेको देखिन्छ,’ उनले भने ‘धनकुटा, तेह्रथुम, संखुवासभा जस्ता जिल्लाका योजनामा हजार/हजारमा छन्, भोजपुर हेर्दा करोड/करोडमा छ। कार्कीले मुख्यमन्त्रीको जिल्ला भोजपुरमा २३ वटा सडक, २१ वटा पुल, २७ वटा भवन, खानेपानी २६ वटा लगायतका अन्य क्षेत्रगत बजेटमा पनि उस्तै रहेको दृष्टान्त प्रस्तुत गरे ।

उनले भोजपुर जिल्लामा लाख र करोड भन्दा कमको योजना र कार्यक्रम नरहेको भन्दै मुख्यमन्त्रीलाई प्रदेश १ को मुख्यमन्त्री नबनाएर भोजपुर जिल्लाको मुख्यमन्त्री जस्तो मात्र बनाएकाले सबै खुसी हुने ठाउँ समेत नरहने बताए। उनले भने ‘मुख्यमन्त्री सबैले मुख्यमन्त्री हो । नेकपाको मात्र होइन, नेकपाले बनाएको मुख्यमन्त्री हो, मेरो पनि मुख्यमन्त्री हो’ उनले भने । तर बजेट हेर्दा मुख्यमन्त्री सबैको बन्न नसकेको देखिने कार्कीले टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...