News Portal

शेरधन राई भोजपुरको मात्रै मुख्यमन्त्री बने : प्रमुख सचेतक कार्की

हिमाली संचार संवाददाता
५२० पटक

विराटनगर : नेपाली कांग्रेसले आगामी आर्थिक बर्षको बजेटमा मुख्यमन्त्री शेरधन राईले आफ्नो जिल्ला भोजपुरमा ठूला योजना र कार्यक्रम केन्द्रित गरेको आरोप लगाएका छन्। बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भौतिक पुर्वाधार विकास मन्त्रालय र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेशभरीको बजेट भोजपुर जिल्लामा केन्द्रित गरेको आरोप लगाएका हुन् ।

‘सरकारले ल्याएको बजेटमा मुख्यमन्त्रीलाई भोजपुर जिल्लाको समन्वय समितिको सभापति पो लगेर राख्न खोजेको देखिन्छ,’ उनले भने ‘धनकुटा, तेह्रथुम, संखुवासभा जस्ता जिल्लाका योजनामा हजार/हजारमा छन्, भोजपुर हेर्दा करोड/करोडमा छ। कार्कीले मुख्यमन्त्रीको जिल्ला भोजपुरमा २३ वटा सडक, २१ वटा पुल, २७ वटा भवन, खानेपानी २६ वटा लगायतका अन्य क्षेत्रगत बजेटमा पनि उस्तै रहेको दृष्टान्त प्रस्तुत गरे ।

उनले भोजपुर जिल्लामा लाख र करोड भन्दा कमको योजना र कार्यक्रम नरहेको भन्दै मुख्यमन्त्रीलाई प्रदेश १ को मुख्यमन्त्री नबनाएर भोजपुर जिल्लाको मुख्यमन्त्री जस्तो मात्र बनाएकाले सबै खुसी हुने ठाउँ समेत नरहने बताए। उनले भने ‘मुख्यमन्त्री सबैले मुख्यमन्त्री हो । नेकपाको मात्र होइन, नेकपाले बनाएको मुख्यमन्त्री हो, मेरो पनि मुख्यमन्त्री हो’ उनले भने । तर बजेट हेर्दा मुख्यमन्त्री सबैको बन्न नसकेको देखिने कार्कीले टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस्

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...