आज : २०२६-०७-१०, शुक्रबार

=== गजल ===

ठूलो घर अहमताको पहिचान देखेको छु
गेट्मा नै कुकुर देखि सावधान देखेको छु

अतिक्रमण भन्दै खेदिएको बस्ती बिचल्ली छ
देख्न त मन्त्रीको खाली काडे मैदान देखेको छु

देख्नेले त फुललाई मात्र सुन्दर देख्दछन
काडा बोक्ने फुलको मैले अभिमान देखेको छु

मलाई भुइँमा लडाउने सङ्ग दुख लाग्दैन
जब भुइमै यो दुनियाको चिहान देखेको छु

जिन्दगी फर्केर हेर्दा सयौं आफ्नै लास टेकि
दौडिरहेकि आफै लाई मसान देखेको छु।।

– कुमारी चेम्जोङ
हल्दिबारी, झापा